Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 9, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकी चुनावको असरः अचानक डलरको भाउ घट्यो

dollar-fallकाठमाडौं । अमेरिकी डलरको भाउ घटेको छ । राष्ट्रपति चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले अग्रता लिएसँगै त्यसको असर डलरमा परेको हो । साथै शेयर बजार पनि ओरालो लागेको छ ।

अमेरिकामा भएको हरेक मत सर्वेक्षणले डेमोक्रेटिक हिलरी क्लिन्टन विजयी हुने देखाएको थियो । तर, जारी मत गणनामा ट्रम्पले क्लिन्टनलाई कडा टक्कर दिएका छन् ।

डलरको मूल्य स्वीस फ्राङ्कसँग १.२ प्रतिशत र जापानी यनसँग २.५ प्रतिशत घटेको छ । यस्तै मेक्सिकन पेसको भाउ पनि घटबढ भइरहेको छ ।

प्रकाशित मिति: Nov 9, 2016

प्रतिक्रिया दिनुहोस्