Logo
२६ बैशाख २०८१, बुधबार
(November 10, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारु नोट प्रतिबन्धपछि, यसो भन्छन् राष्ट्र वैंकका अधिकारी 

modi-money-685x319काठमाडौं ।  राष्ट्र वैंकका अधिकारीहरुले भारत सरकारको पाँच सय र एक हजार रुपैयाँको नोटको प्रतिबन्ध लगाउने निर्णयले नेपालमा पनि असर गने बताएका छन् । राष्ट्र वैंकको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले नेपालमा व्यक्तिहरुसँग भएका भार कसरी सटही गर्ने भन्ने जटिलता रहेको बताए ।

उनले नयाँ पत्रिकासँगको कुराकानीमा भनेका छन्,
दुई बर्षदेखि हामीले नेपालीलाई पाँच सय र हजारका भारतीय रुपैयाँका नोट प्रयोग गर्न अनुमति दिएका छौँ । त्यसैले धेरै नेपालीसँग ती नोट छन् । अव त्यो पैसा हामीले कसरी संकलन गर्ने र सहटी सुविधा दिने भन्ने विषयमा हामीले सोच्नुपर्ने हुन्छ । अहिले भारतीय सरकारले विभिन्न स्टेजमा चार–चार हजारका दरले सहटी गर्न दिने भनेको छ । त्यसअनुसार नेपालमा कसरी सटही सुविधा दिने भन्नेमा पनि एउटा संयन्त्र बनाउनुपर्छ । भारतमा भएको पैसा नेपालमा आएर सटही गर्ने र पुन: भारतमा लैजाने जोखिमतर्फ पनि उनीहरु सचेत हुनेछन् । त्यस्तो हुँदैन भन्ने ग्यारेन्टी हामील दिनुपर्छ ।

त्यसो हुँदा नेपालमा व्यक्तिहरुसँग भएको भारु कसरी सटही गर्ने भन्ने विषय जटिल छ । भारतीय रिजर्व वैंकसँगको समन्वयमा त्यसको मापदण्ड तय गरिनेछ । त्यसका लागि राष्ट्र वैंकले आजदेखि नै काम शुरु गर्नेछ । नेपालमा पाँच सय र हराका भारु कति छन् भन्ने तथ्याङ्क त छैन । त्यो, व्यक्ति–व्यक्तिसँग रहने कुरा भयो । तर, नेपालको वैंकिङ प्रणालीमा भने पाँच सय र हजारका भारु नोट धेरै छन् ।

प्रकाशित मिति: Nov 9, 2016

प्रतिक्रिया दिनुहोस्