Logo
१२ बैशाख २०८१, बुधबार
(November 8, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दलाई लामाबारे परराष्ट्रमन्त्रीको कडा जवाफ ! डेनमार्कको राजदूताबास बन्द हुने

prakash-sharanकाठमाडौं । परराष्ट्रमन्त्री प्रकासशरण महतले नेपाल एक चीन नीतिप्रति प्रष्ट रहेको बताएका छन् । मंगलबार परराष्ट्र मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री महतले केही संचार माध्यमले नेपालसँग चिनियाँ पक्षले नेपालको चीन नीतिबारे सरकारी धारणा मागेको भन्ने आधारबिहिन समाचार सम्प्रेषण गरेको भन्दै चिनियाँ पक्षले सरकारसँग जवाफ नमागेको बताए । उनले भने–एक चीन नीतिबारे नेपाल सरकारको कुनै द्विविधा छैन, मलाई लाग्छ चीन पनि द्विविधामा छैन ।

भारतमा इन्डिया फाउन्डेसनले गरेको कार्यक्रममा सहभागिता जनाएका पार्टी सभापति शेरबहादुर देउवाले दलाई लामाका प्रतिनिधीलाई नभेटेको मन्त्री महतले बताए । उनले कार्यक्रममा दलाई लामाका कोही पनि प्रतिनिधी सहभागी नभएको बताँउदै यसबारे अनावश्यक हल्ला गरिएको दावी गरे । उनले भने–‘इन्डिया फाउन्डेसनको कार्यक्रममा दलाई लामाका कोही पनि प्रतिनिधी आएका छैनन्, यो अनावश्यक हल्ला मात्रै हो ।’

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई सभापति देउवाले किन एक्लै भेटेको भन्ने पत्रकारहरुको प्रश्नमा मन्त्री महतले झोक्किँदै भने–‘नेपालको पूर्वप्रधानमन्त्रीले कुनै देशको प्रधानमन्त्रीलाई भेट्न नपाउने भन्ने के छ ?’ उनले मोदीलाई एक्लै भेटेको भन्नेमा आफू सहमत हुन नसक्ने भन्दै परराष्ट्रका प्रतिनिधी पनि सहभागी भएको बताए । उनले एक्लै भेटको भएपनि के बिग्रियो भन्दै सबै नेताहरुले त्यसरी नै भेटिरहेकोे बताए । उनले त्यस्ता भेटघाटमा परराष्ट्रका प्रतिनिधी राखे राम्रो, नराखे पनि केही नबिग्रिने प्रतिक्रिया दिए ।

उनले नेपाल एक चीन नीतिप्रति कटिबद्ध रहेको बताउँदै बाहिर आएका समाचारमा सत्यता नरहेको बताए । मंगलबार नै परराष्ट्र मन्त्रालयमा चिनियाँ पक्षलाई बोलाएर सचिव संकरदास बैरागीले यसबारेमा छलफल गरेको बताए । ती पदाधिकारीहरुले यसबारेमा आफुहरुलाई कुनै जानकारी नरहेको र कसैसँग कुरा नगरेको बताएको मन्त्री महतले बताए । आइतबार काठमाडौंको आर्ट काउन्सिलमा भएको एक कार्यक्रममा ताइवानको झण्डा राखेको बारे परराष्ट्र मन्त्रालयमा जानकारी आएको र गृह मन्त्रालयको सहयोगमा उक्त झन्डा हटाइएको समेत मन्त्री महतले जानकारी दिए ।

डेनमार्कको राजदूताबास बन्द हुने
पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री महतले डेनमार्कस्थित नेपाली दूताबास बन्द गर्न लागेको बताए । उनले किन बन्द गर्न लागेको भन्ने कारण नखुलाए पनि अब डेनमार्कका लागि राहजदूत नियूक्त नगरिने बताए । राजदूतावास आवश्यक पर्ने देशमा भने दूतावास स्थापनाका लागि अध्ययन भइरहेको पनि मन्त्री महतले जानकारी दिए ।

प्रकाशित मिति: Nov 8, 2016

प्रतिक्रिया दिनुहोस्