Logo
२० मंसिर २०७९, मंगलबार
(December 5, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साहित्य समय: हेर्यो जव देउता चढेको !

deuta-chadheko1राेजेन्द्र थापा, ‘देखी राख तु साली छिनाल खराब औरत, मेरा बेटा कल आउँदै छ । तेरा एक भी केस बाँकी रहन दिन्न । देख् देख् देख्, म बूढीको पेल्दै गरिरेछस्, खाएगी तू, खाएगी तू । एक एक पाइका हिसाब करेर तेरा सब कर्तूत अपना बेटालाई नबताइ कहाँ छोड्नेवाला छु !’ भैँसाको लागि भुस्सा बनाउँदै गरेकी सोना अहिरको शरीर अचानक काँप्यो, सास राधा अहिरको मुखबाट आफ्नो मर्द शमशेर अहिर भोलि आउने सूचना पाएर । एक महिनादेखि अत्तापत्ता नदिएको शमशेर भोलि आउने खबर नै भयानक हो, सोना अहिरका लागि । झन् सासले बेटा आउनु पहिले नै उसलाई झुठ बात सुनाएर कुटाउने योजना नै बनाइसकेको अवस्थामा भोलिको दिन उसको शरीरमा केके मात्र हुन्छ, कल्पना गर्दा पनि कम्पकम्पी छुट्न थालेको छ ।

आमाको भूmठ बात सुनेपछि सदैव शमशेरले एक बात पनि सोनासँग नपुछी हातले, लातले, लाठीले मार्छ । केस पक्रेर दिबारमा पटक्छ । कहिले बिँडीले जलाइदिन्छ । कहिले मिर्ची आँखामा पेmँकिदिन्छ । कहिले बन्द कमरामा भुखा राखिदिन्छ । सत्य बात के हो जान्न प्रयत्नै गर्दैन, शमसेर । बुरी माँ का अच्छा बेटा ! अच्छी बिबीका बुरा पति ! चौबीस घन्टै जिजान रगड्दा पनि सास राधा अहिरको मन कहिले जित्न सकेकी छैन सोनाले ।

सोनालाई आफूले मात्र गुमाएको महसुस भयो । पतिसँगको मिलनको एकएक पल पर्खेर एक महिनादेखि बसिरहेकी सोनाले ती पल गुमाइ । घरको आँगन छिर्दा क्वाँक्वाँ रोइ सोनु । पर सोनुको साथ और के नै छ उपाय ? जब तक यी सास रहिरहन्छिन् । और जबतक उसको पतिले आफ्नो आमाको भूmठ सुनेर लात ठोकिरहन्छ । सोनुमा पनि मातारानी चढिरहन्छ । ठीक सिमापारीको गाउँकी सोना रुपन्देही मर्चबारमा शादी गरेर आएको पनि बहुत बखत बितिसकेको छ । दहेज कम ल्याएको कारण सासले फुटी आँखले पनि मन पराउँदिन सोनालाई । राधाले काठमान्डुमा बेपार गर्ने कबाडी साहू सुनिल अहिरको बेटी, डेढी–काली विरूप केटीलाई बहू बनाउन चाहेकी थिई । पाँचलाखको दहेजको सहमति थियो ।

करौता गावँमा सरकस चलेको समय सोना सखीका साथ इन्डियाबाट आएकी थिई । गोरी, अग्ली, मृगनयन भएकी, छरहरी (चिटिक्क एकहोरो) अंगकी उसलाई देख्ने बित्तिकै शमशेर भुतुक्कै भएको थियो । हुन त गाउँमा उसमाथि भुतुक्क नहुने कमै थिए । मर्द मात्र होइन जनाना पनि उसको लामो कालो नागजस्तो केस खोलेर हिँडदा साक्षात् भगवती मातारानीजस्तो भन्थे ।
रूप प्युन सबैले चाहे पनि तल्लो जातकी गरिबकी बेटीका साथ शादीब्याहको त कल्पना कसैले गर्दैन सीमावारपार क्षेत्रमा । आफ्नो जात बिरादरीमा सोना जत्ति पढेको लडका पनि भेट्ने सवालै थिएन । भेटे पनि लडकाको पढाइबढाइको डिग्रीको दहेजको रेट ! उसपर पढेकी लड्की त आफत की पुडिया, अपठित सासहरूका लागि । यस्तो अवस्थामा आफ्नै अहिर यादव जात बिरादरीको पढेको कमाउ लड्का शमशेरले बिनाठूलो दहेज उसको हात माग्यो, दलहिजमै आएर । अनि चट मगनी–पट ब्याह भइहालेको हो । त्यस दिनदेखि नै सोना त सात जनमको दुश्मन भइहाली राधाका लागि । सोनाको रूप र गुणको के मतलब ? डेढी लड्कीको बापसित एड्भान्स दहेज पनि लिइसकेको अवस्था थियो ।
वास्तवमा शमशेरमा असल पतिका रूपमा कुनै खोट छैन । उसलाई माया पनि बहुत गर्छ । परन्तु कति दिनपछि काममा थाकेर आएको बेटाको कानमा सब भूmटबुट मिर्चिमसाला लगाएर सुनाउनेबित्तिकै राक्षसजस्तै निर्दयी बन्छ । राति पछुताउँछ, मरहमपट्टी गर्छ ।
पहिले त सहन्थी । बाल्यवस्थादेखि सुनिआएकै हो, जोरुलाई कुट्ने हक ईश्वरले नै मर्दजातलाई दिएको छ । परन्तु हाइस्कुल पढेकी सोनु अब यो स्वीकार्न तयार छैन । पर के ? भई त रहेकै छ दोचार महिनामा एक दो पटक यस्तै क्रूरता । के गर्न सकी उसले ? चुपचाप सहनुका अलावा ।
०००
शमशेर इन्डियाबाट जनाना कपडा ल्याउँछ । अर्घाखाँची, गुल्मी, पाल्पा, स्याङ्जाका विकट गाउँगाउँ पुगेर ती कपडा बिक्री गर्छ । त्यसैले कहिले पन्ध्रबीस दिन, कहिले अलि बढी समय बिताउँछ । त्यसपछि गाउँ मर्चबार आउँछ, दोचार रोजका लागि । त्यसपछि फेरि इन्डियामा सामान लिन अनि त्यतैबाट सीधा पहाडतिर । यस पटक भने मुस्ताङ पनि जाने र मुक्तिनाथको दर्शन पनि गर्ने भनेकोले एक महिना भन्दा बढी भइसकेको छ ।
०००
सासले दिएको सूचनापछि उसको हातपयर ललाकलुलुक हुन थाल्यो । पति आउने उन्माद पनि मनमा महसुस छ । तर, सम्भावित चुटाइको पीडा अहिले नै आउन थालिसक्यो सोनाका हरेक अंगमा । तैपनि आफ्नो काममा मन लगाइ भुल्न भने खोजिरही दिनभर । भैँसाहरूको आहर व्यवस्था गरी । बकरालाई पनि खुवाएर बन्द गरी । स्कुलबाट फर्केकी बेटीलाई नास्ता खिलाइ । रातको दालरोटी, बेगन–भर्ता तयार गरी । सास कराइरहे पनि एक बचन नबोली उनलाई पनि रोटी खुवाइ । अलिकति शंखकीरा किनेर ल्याएकी थिई बिहानै । आपूmलाई पनि स्वाद लाग्छ, बेटीलाई पनि । तर, पकाउने जाँगरै चलेन ।
बेटीलाई सातआठ दिन समस्या नपर्ने गरी स्कुलको टिफिन, डे«स आदि सबै व्यवस्था गरी । उसको मनमा अर्कै तर्कना चलिहेको थियो । न त बेटीले थाहा पाई, न त सासले । आरामसाथ निदाइ । अर्को दिन बेटालाई उक्साएर यो बुहारीलाई मार पिटेको र रोएर कराएको चिल्लाएको अवधि फिलिमी सिन याद गरेर खुसीको उन्मादले रातभर सास राधा भने निदाइनन् । रातभर आनन्दित भइरहिन् ।
०००
बिहान मुर्गा कराउनुअघि नै उठी सोना र नुहाइ । साफ पित रंगको जामा र आधा कट ब्लाउज पहिरी । चन्दनको लेपले निधार भरी । केस खुला बनाइ । आँखामा मोटो काजल लगाइ बाहिरै देखिने गरी, भगवतीको जस्तो । रातो ठूलो टीका लगाइ सिन्दुरको । पाखुरामा ठाउँठाउँमा केसरिया दली । रातभर बुहारी कुट्ने खुसीमा ननिदाएकी सासू त घोडा बेचेर निदाइरहेकी छे । त्यसैले सोनाको यत्रो तयारी थाहै पाइन राधाले ।
सुरुक्क घरबाट निक्ली सोना । फटाफट गाउँको मातारानीको मन्दिर पुगी । मन्दिरको ढोकाबाट भित्र पसी । देवीको हातको त्रिशूल झिकी ।
०००
विस्तारै कल्याङमल्याङ सुरु हुन थाल्यो । पूजारी पण्डित कृष्णविहारीलाल जय अम्बे भवानी मातारानी भन्दै आएका, मन्दिरवरिपरी घुमेका, घन्टी बजाएका, अनि ट्युबवेल चलाएर स्नान गरेका, धोती फेरेका आदि सबै दृश्य आवाजको आधारमा अनुमान गरिरही सोना । अब उसको योजना कार्यान्वयनको क्षण आयो ।
०००
ढोकाबाट पूजारी कृष्णबिहारीलाल छिर्दा, अचानक तर्से, ठीक मूर्तिसामुको बेदीमा सोना आँखा चिम्म गरी ध्यानमा बसेकी छे । हातमा त्रिशूल छ । ओहो फेरि सोनामा मातारानी चढ्नु भएछ, यसबार तो त्रिशूल भी दिनु भएछ माताले, भन्दै पुजारीले साष्टांग गरे । मातारानीको वन्दना गाउन थाले । सोनाको पाउमा जलले धोए । अन्य भक्त पनि आउन थालिसकेका थिए ।
अचानक सोनाले नाटकीयरूपमा आँखा खोली । त्रिशूलधारी साक्षात् भगवतीको रूप धारण गरेकी सोनाले आँखा खोल्नेबित्तिकै मातारानी कि जय गुन्जिन थाल्यो । गाउँभर तत्कालै बिजुलीभैmँ खबर चम्कियो, सोना अहिर यादवको शरीरमा फेरि मातारानी चढ्नुभएको छ । सोनाको शरीरमा यसअघि पनि चार पटक यसरी नै मातारानी चढिसकेको हो ।
०००
भारतभित्र पेट फुलाएभेmँ गरी घुसेको र तीनतिरैबाट भारतले घेरेको रुपन्देहीको यस मर्चबार गाउँको देवी मन्दिरमा नौदस बजेसम्ममा त आसपास गाउँका करौता, रायपुर, ठन क्षेत्र, पिपरहवा, फोना, असुरेना तथा सिलौटियादेखिका भीड एकत्रित हुन थालिसकेको छ । सांसद गुप्ताले त सीमापारिबाट तम्बु मगाएर भक्तजन बस्ने स्थान बनाइ नै हाले, सदाभैmँ । सोनामा देवी चढेको बेला प्राप्त आशीर्वादबाट गुप्ता एक पटक समानुपातिक सांसद र एक पटक मन्त्री नै जो भइसके । मातारानी जागेको बेला कुनै न कुनै फल पाएका मानिस इन्डिया र नेपाल दुवैतिर हजारौँ छन् भन्ने किस्साकहानी व्यापक छ । सीमापारिबाट आउन थाले खोमचावाले, चटपटेवाले, गुलियो कटन क्यान्डीवाले, चटकवाले, अन्धा कुवाँमा बाइक घुमाउनेवाले, पुंसक कमवालेलाई पुंसकता जगाउने बुटीदबाइवाले, बाँझलाई गर्भ धारण ग्यारेन्टीवाले, समोसा, दहीवडा, पकौडा, जिलेबी आदि हलुवाइवाले, मोमोवाले सबै । दसहरा आउन दुई महिना बाँकी भए पनि दसहराको मेलाभैmँ तामझाम, रमझम ।
शमशेर घर आइपुग्दासम्म राधालाई केही थाहा थिएन । नौ बजे उठ्दा नातिनी स्कुल गइसकेकी थिई । राधा बेपत्ता । बहाना झन् सबुदसहित छाडेर गएकी छे सासका लागि । अब तो और भी आसान पिटानका लागि । राधाको पयर जमिनबाट माथि बुहारी पिटाउन पाइने खुसीमा !
०००
बल्लबल्ल आएको छोरालाई पानीसमेत प्युन नदिइ सोनाका बिरुद्ध भन्न हुने–नहुने सब भनी । छिनाल दिनदिनभर कहाँ जान्छे कसैलाई पता हुन्न । दिनभर भुखा राख्छे, सब काम उसैलाई गराउँछे आदि कुरा सुनेपछि शमशेर रिसले पागल बन्नु स्वाभाविकै भयो । जोरुसँग मिलनको कति चाहना बोकेर आएको प्रेमविह्वल शमशेर अचानक लाठी बोकेर निक्लिहाल्यो, अरे सोना सोना भनी कराउँदै ।
मातारानीको दर्शन गरेर फर्केकी छिमेकी काकीले भनिन्, ‘अरे, शमशेरुवा, सोनालाई त नारी संरक्षणेश्वरी मातारानी चढेको पो छ त ।’
हरेकपटक अलगअलग रूपमा आउने देवी पोहोर भूकम्पपछि भूकम्पेश्वरी मातारानी, त्योभन्दा पहिले दुष्टनाशिनी मातारानी चढेको थियो ।
काकीले थपिन्, ‘शमशेरुवा बेटा, इसबार तो नारी संरक्षणेश्वरी मातारानी चढ्नुभएको छ । जोरु पीडकलाई सजायँ दिन अवतार लिएको कहँदैछन् सबले ।’
‘जोरु पीडक मात्र हैन देवरजी, बहू पीडकलाई पनि सजायँ दिने रे,’ पछिपछि आइरहेकी काकीकी कान्छी बहू सुलोचनाले भनिन्, सासूलाई छेड्दै । भयग्रस्त शमशेरका हातबाट लाठी खस्यो ।
०००
शमशेर सीधै मन्दिर पुग्यो । मन्दिर छिर्न खोज्यो । लाइन बसेका भक्तहरूले लछारेर लाइनमा बसाले । तीन घन्टापछि बल्ल सोनासामु पुग्यो र भन्यो– ‘सोना ।’
पतिलाई देखेर एकतमासको मिलनभाव जाग्यो सोनामा । परन्तु बाध्य छे सोना । नदेखेभैmँ गरी शिर हिलाइरही, मुखबाट फिँज निकाल्दै । पछाडिकाले कराए जल्दीजल्दी माँ का पावँ छु के दर्शन करो । पाउ छुने बित्तिकै स्वयंसेवकले घचेडेर निकाले शमशेरलाई ।
हरेक दिन मातारानी उतरिनु हुन्छ कि भनेर सुवह–साम मन्दिर धाइरह्यो शमशेर । सोनाका मनमा पनि मातारानी उतार्न हतार नभएको होइन ।
शमशेरको आँखाको प्रेम विह्वल भाव नबुझ्ने सवालै भएन सोनाले । तर, शमशेरलाई नदेखेजस्तै गर्न विवश छे, शमशेरका विगतका भयानक पिटाइ सम्झेर । सम्झँदै शरीरभर चिसो बरफ घुस्छ । हर साँझको आरतीपछि रोना सुरत बनाएर शमशेर फर्केको हेरेर आँसु खसाल्छे सोना । रातभर पतिसितको मिलनका कल्पना गरेर मन्दिरमा छट्पटिन्छे । बिहान पूजारी आउनुअघि फेरि मातारानी चढ्नैप¥यो !
०००
छ दिन यसरी नै बिते । सातौँ दिनमा बेटीले आएर बापू इन्डिया गएको सूचना दिई । अब नाटकको जरुरत रहेन । साँझको आरती सकेपछि अचानक सोना हातमा त्रिशूल लिएर नृत्य गर्न थाली । नाच्दै मन्दिरबाहिरको आगनमा उफ्रिन थाली भक्तहरू पनि उत्तेजित भएर नाच्न–गाउन थाले । नाच्दै नारी पीडक पुरुष र सासूहरूका छातीमा त्रिशूल घोपेको अभिनय गरी । हरेकपटक त्रिशूल घोप्दा गावँभरका बहू कराउन थाले ‘मातारानी कि जय’ । ‘सास लोग मुर्दावाद’का नारा पनि लाग्न थाल्यो । सोनाका मुखबाट फिँज निस्कन थाले ह्वालह्वाल । बाहिर निस्कनुअघि मुखभरी चिनी बतासा हालेकी थिई उसले ।

विस्तारै जोस घटाउँदै लगी र थचक्क बसी । शिर दायाँबायाँ गर्न थालेपछि आलोपालो भक्तहरू लाइन बसेर पाउ छुँदै हिँड्न थाले । अन्त्यमा सोनुले भयानक हुँकार निकाली र भुइँमा लम्पसार बेहोस भएभैmँ हलचल नगरी सुती । भक्तहरूको जयजयकार मन्द हुन थालेपछि विस्तारै आँखा खोली । छक्क परेको अभिनय गर्दै सोध्न थाली, म कहाँ छु ? के भो मलाई ? आदि । सोनुको शरीरबाट मातारानी हटेको महसुस भयो सबैलाई । लाखौँको भेटीप्रसादले टन्न पूजारीले सबै कुराको बेलिविस्तार लगायो ।

केही थाहा नभएको भन्दै घरतिर लागी सोना । सबैले पाए, पूजारीले धन, भक्तहरूले दर्शन र आशीर्वाद तथा मनले मागेको कुरा पूर्ण हुने भरोसा । सासू पीडित बहू तथा पति पीडित पत्नीहरूले पनि पाए शक्ति तथा बेपारीले नाफा । सोनालाई आफूले मात्र गुमाएको महसुस भयो । पतिसँगको मिलनको एकएक पल पर्खेर एक महिनादेखि बसिरहेकी सोनाले ती पल गुमाइ । घरको आँगन छिर्दा क्वाँक्वाँ रोइ सोनु । पर सोनुको साथ और के नै छ उपाय ? जब तक यी सास रहिरहन्छिन् । और जबतक उसको पतिले आफ्नो आमाको भूmठ सुनेर लात ठोकिरहन्छ, ठोकिरहन्छ, ठोकिरहन्छ । र, सोनुमा पनि मातारानी चढिरहन्छ, चढिरहन्छ, चढिरहन्छ । @नागरिकबाट

प्रकाशित मिति: Nov 8, 2016

प्रतिक्रिया दिनुहोस्