Logo
७ बैशाख २०८१, शुक्रबार
(November 8, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जासुसीको आरोप: ८ भारतीय अधिकारी पाकिस्तानबाट फिर्ता !

india-vs-pakistan2इस्लामावाद, एजेन्सी  । जासुसीको आरोपमा पाकिस्तानले भारतीय उच्चायोगका ८ अधिकारीलाई भारत फिर्ता पठाएको छ। पकिस्तानले उनीहरुमाथि भारतीय खुफिया एजेन्सीको सदस्य भएर उनीहरुका लागि काम गरेको आरोप लगाएको छ। यी आठ अधिकारी मध्ये प्रथम सचिव व्यावसायीक अनुराग सिंह, विजय कुमार वर्मा तथा माधवन नंदा कुमार इमिरेट्स् इयरको उडानबाट मंगलबार बिहानै दुबई पुगेका छन्।

त्यसैगरी अन्य ५ अधिकारी राजेश कुमार अग्निहोत्री, अमरदीप सिंह भट्टी, धर्मेन्द्र सोधी, बलवीर सिंह र जयाबालन सेंथिल सडक मार्ग भएर बाघा सीमा हुँदै भारत जाने बताइएको छ।  पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता नफीस जकरियाले अघिल्लो साता आफ्नो साप्ताहिक ब्रिफिंगमा दिएको बयानमा उक्त ८ अधिकारीमाथि भारतीय खुफिया एजेन्सीका लागि काम गरेको आरोप लगाएका थिए । उनको आरोप थियो– ‘कैयौं भारतीय राजनीतिक व्यक्ति तथा दूतावासका अधिकारी राजनीतिक गतिविधिको आडमा पाकिस्तानमा आतंकवादी तथा विध्वंस गतिविधि बढाउने कार्यमा सामेल छन्।’

जकरियाले नाम लिएका उक्त ८ अधिकारीमाथि ‘रिसर्च एन्ड एनालिसिस विंग(र) र सेन्ट्रल इन्टेलिजेन्स व्युरो(सीआईबी)को सदस्य भएर काम गरेको आरोप लगाएका थिए। तर, कति भारतीय अधिकारी पाकिस्तानबाट भारत फिर्ता भए भन्ने विषयमा पाकिस्तान सरकारले आधिकारीक जानकारी सार्वजनिक गरेको छैन।

प्रकाशित मिति: Nov 8, 2016

प्रतिक्रिया दिनुहोस्