Logo
१६ चैत्र २०८०, शुक्रबार
(November 8, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीको स्पष्टिकरण: अंगीकृतबारे अाधारहीन समाचारका पछि नलाग्नुस्

pm-prachandaखोटाङ । प्रधानमन्त्री पुष्पकमल दाहालले अंगीकृत नागरिकता र संबिधान संशोधन सम्बन्धी केही दिनअघि आएको ‘ड्राफ्ट’को पछि नलाग्न आग्रह गरेका छन् । हालसम्म अंगीकृत नागरिकता र संविधान संशोधन सम्बन्धी कुनै समझदारी नभएकाले केहीदिन अघि बाहिर आएको प्रचार भ्रामक भएको प्रधानमन्त्री दाहालको भनाइ थियो।

राष्ट्रिय गौरवका आयोजनाको अनुगमन र निरीक्षणका क्रममा मंगलबार खोटाङ आइपुगेका प्रधानमन्त्री दाहालले अंगीकृत नागरिकता र संविधान संशोधन सम्बन्धी ‘ड्राफ्ट’ बनाउने प्रकृया भर्खर मात्र सुरु गरिएकाले यसअघिको ‘ड्राफ्ट’ असत्य भएको दाबी गरे। जिल्ला विकास समितिको कार्यालयमा भएको सर्वपक्षीय कार्यक्रममा प्रधानमन्त्री दाहालले राष्ट्रिय सहमति कायम गरेर संविधान संशोधन गर्दै निर्वाचनमा जाने प्रमुख मुद्दामा वर्तमान सरकार केन्द्रित रहेका बेलामा ‘ड्राफ्ट’ बनिसकेको भनेर प्रचारबाजी गरिएको उल्लेख गरे।

ड्राफ्ट आइसक्यो भन्ने हल्ला छ, यो हो–हल्लाकोपछि नलाग्नुहोला, कतिपय मिडियामा आजभोलि असाध्यै अराजक तरिकाले समाचार आउने गरेका छन्, जुन धेरैजसो सत्य हुने गरेका छैनन्। त्यसको पछाडि नलाग्नुहोला,’ प्रधानमन्त्री दाहालले भने, ‘पहिल्यै भइसक्यो रे, यो हुने भयो रे, त्यो हुने भयो रे भन्नेजस्ता प्रचारबाजी गरिएका छन्, त्यो सत्य होइन।’

‘ड्राफ्ट आइसक्यो भन्ने हल्ला छ, यो हो–हल्लाकोपछि नलाग्नुहोला, कतिपय मिडियामा आजभोलि असाध्यै अराजक तरिकाले समाचार आउने गरेका छन्, जुन धेरैजसो सत्य हुने गरेका छैनन्। त्यसको पछाडि नलाग्नुहोला,’ प्रधानमन्त्री दाहालले भने, ‘पहिल्यै भइसक्यो रे, यो हुने भयो रे, त्यो हुने भयो रे भन्नेजस्ता प्रचारबाजी गरिएका छन्, त्यो सत्य होइन।’

दोलखामा निर्माणाधीन ४५६ मेघावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको अनुगमनपछि दिक्तेल आएका प्रधानमन्त्री दाहालले सर्वस्वीकार्यता बढाउनकालागि राष्ट्रिय सहमतिबाटै संविधान संशोधन गर्ने पहल भइरहेको बताए । आन्तरिक राष्ट्रियतालाई एकताबद्ध बनाएर देशलाई निर्वाचनमा लैजानकालागि राष्ट्रिय सहमति र संविधानलाई सर्वस्वीकार्य बनाउनुको विकल्प नरहेको दाहालले बताए।

प्रकाशित मिति: Nov 8, 2016

प्रतिक्रिया दिनुहोस्