Logo
१३ बैशाख २०८१, बिहीबार
(November 8, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चौतर्फी घेराबन्दीमा प्रचण्ड: कती दिन टिक्लान सत्तामा !

1155737434काठमाडौं, २३ कार्तिक । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल चौतर्फी घेराबन्दीमा परेका छन् । आफ्नो नेतृत्वमा सकारका गठन भएको एक सय दिन नपुग्दै प्रचण्ड चौतर्फी घेराबन्दीमा परेका हुन् ।

आफ्नो सचिवालय, पार्टीका तर्फबाट मन्त्री भएका नेता, पार्टी नेता तथा कार्यकर्ता, सञ्चारजगत, सामाजिक सञ्जाल र विपक्षीबाट प्रधानमन्त्री प्रचण्ड घेराबन्दीमा परेको देखिन्छ ।

उनको पक्षमा वकालत गरिदिनेको संख्या न्यून छ भने आलोचना गर्नेहरु अधिक देखिएको छ । लाभको पद पाउन प्रतिस्पर्धा गर्ने आफ्नै पार्टीका नेताकार्यकर्ता पनि प्रधानमन्त्री प्रचण्डका पक्षमा देखिएका छैनन् । प्रधानमन्त्रीलाई असफल बनाउन पार्टीभित्र र बाहिरबाट घेराबन्दी गरिएको प्रधानमन्त्री दाहालका राजनीतिक सल्लाहकार चक्रपाणि खनालले बताए ।

उनले कोही योजनाबद्ध रुपमै  लागेको बताए ।परिवारका सदस्यलाई राजनीतिक नियुक्ति दिलाएको, अंगीकृत नागरिकलाई राष्ट्रध्यक्ष बनाउन प्रस्ताव अगाडि सारेको, हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउन खोजेको, भारत र चीसँग सन्तुलित सम्बन्ध कायम राख्न नसकेको, जनताका पक्षका देखिने गरी कुनै निर्णय कार्यान्वयन गराउने नसकेको, कांग्रेससँगको गठबन्धन सुमधुर बनाउन नसकेको आरोप प्रधानमन्त्री प्रचण्डमाथि पार्टीभित्र र बाहिरबाट लागेको छ ।

यसले गर्दा प्रचण्ड विस्तारै जनउत्तरदायी नबन्दा उनी नेतृत्वको सरकार अप्ठारोमा परेको छ । भने सरकारको दिनगन्ती समेत सुरु भएको जानकार बताउँछन् ।

प्रकाशित मिति: Nov 8, 2016

प्रतिक्रिया दिनुहोस्