Logo
६ बैशाख २०८१, बिहीबार
(November 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

छठसगै तराई मधेशमा ‘सामाचकेवा पर्व’ को पनि उतिकै रौनक !

sama-chakewa-3जनकपुर ।  मैथिल समुदायमा दाजुभाइ तथा दिदीबहिनीबीचको पवित्र प्रेमको प्रतीकका रुपमा मनाइने सामाचकेवा पर्व कात्र्तिक शुक्ल पञ्चमीदेखि विधिवत रुपमा सुरु भएको छ । दिदीबहिनीले दाजुभाइको दीर्घायु एवम मङ्गल कामना गर्ने यो पर्वले एकापसमा सम्बन्ध प्रगाढ हुने धार्मिक एवम् सांस्कृतिक मान्यता रहिआएको छ ।खासगरी दाजुभाइसित सम्बन्धित यो पर्वमा माटाका कलात्मक मूर्तिहरु बनाइने गरिन्छ ।

मूर्ति बनाउन भाइटीकाकै दिन माटो ल्याएर यो पर्वको शुभारम्भ गरिन्छ । छठ पर्वको खरनादेखि मूर्ति बनाउने कार्य सुरु गरी कात्तिक णिर्माको मध्यरात यो पर्व समापन गरिन्छ । माटोबाट निर्माण गरिएका मानव, पशु र चराका मूर्तिहरु काँचो अवस्थामा रहन्छ भने त्यसलाई ‘सामा’ भन्ने गरिन्छ र आगोमा पकाउने मूर्तिलाई ‘चकेवा’ भनिन्छ ।यो पर्व मनाउने सिलसिलामा पहिलो दिन माटोको सिरी सामा बनाइन्छ । दोस्रो दिन, चकेवा र त्यसपछि एकैपङ्िक्तमा बसेका सातवटा चराको मूर्ति बनाइन्छ ।

त्यसपछि क्रमिकरुपमा खररुचि भैया, बाटो बहिनो, दुईमुखे चरा, भाइबहिनी विमुख मूर्ति, परालको वृन्दावन जङ्गल र सनपाटको चुगिला अनिवार्यरुपमा बनाउने गरिन्छ । यसका साथै विभिन्न प्रकारका अन्य मूर्ति कलात्मक ढङ्गले बनाउने गरिन्छ । ती मूर्तिलाई विभिन्न आकर्षक रङले रङ्गाइन्छ ।यो पर्वका बेला माटाका कलात्मक मूर्ति बनाउन जान्नेले अरूलाई यो सीप सिकाउने गर्दछन् । भगवान कृष्ण र जाम्बवतीकी छोरीको नाम सामा थियो । भगवान कृष्णको श्रापका कारण शकुन्त चरा भएपछि साम्बलाई पुनः मानव योनीमा फर्काउन

सामाका भाइ साम्ब सफल भएको सम्झनास्वरुप यो पर्व मनाउने गरिएको हो ।यो पर्वको सबभन्दा रमाइलो पक्ष दिदीबहिनीले आफ्ना मनका कुरा निर्धक्क भएर गीतको माध्यमबाट प्रकट गर्छन् । आ–आफ्ना दाजुभाइको प्रशंसा गर्दै कुनै वस्तु माग गर्नु पर्यो भने गीतको माध्यमले गर्छन् । नातागोतामा पर्ने सम्पूर्ण दाजुभाइको गीतमा नाम उल्लेख गरी मध्यरातसम्म गीत गाउने गरिन्छ ।

sama-chakewa-1

प्रकाशित मिति: Nov 6, 2016

प्रतिक्रिया दिनुहोस्