Logo
१५ चैत्र २०८०, बिहीबार
(November 4, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माओबादीले मुखर्जीको विरोधमा उडायो कालो बेलुन !

pokhara-news-1
काठमाडौं । गोर्खा भर्ती केन्द्रको विरोध गर्दे प्रर्दशनमा उत्रेका विप्लव माओवादीका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार विहान राजधानीको शान्ति बाटिकामा विरोध प्रर्दशनमा उत्रेका दर्जन कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले विप्लव माओवादी कार्यकर्ता अनिल शर्मा सहित १२ जनालाई नियन्त्रणमा लिएको हो । शान्तिवाटीकामा जम्मा भएर केही कार्यक्रम नगर्नुहोला भन्दै प्रहरीले माईकिङ गरिरहेका बेला नै विप्लव माओवादीका कार्यकर्ता जम्मा भएर नाराबाजी गर्न थालेका थिए । उनीहरुले नारावाजी गर्न थालेपछि प्रहरीले धरपकड गरी नियन्त्रणमा लिएको हो ।

विप्लव माओवादी कार्यकर्ताले प्रहरी भ्यान भित्र पनि गोर्खा भर्ती विरुद्ध नाराबाजी गरिरहेका थिए । उनीहरुले शान्तिबाटीकाबाट नाराबाजी सहित लैनचौर पुगेर भारतीय दुतावासमा ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेका थिए । नेपाली नागरीक भारतीय भूमीको रक्षाको लागि लड्नु र मृत्यूवरण गर्दा पनि कुनै किसिमको क्षतिपुर्ती पनि नदिनु जस्ता अमानवीय र भेदभावपूर्ण ब्यबहार भएको भन्दै बिरोध हुदै आएको छ ।

यता भारतीय राष्ट्रपति प्रणव मुखर्जीको पोखरा आगमनको बिरोधमा रहेको विप्लव नेतृत्वको नेकपा माओबादीका कास्कीका चार जना माओबादी कार्यकतालाई पोखराको एयरपोर्ट नजिकबाट प्रहरीले पक्राउ गरेको छ । मुखर्जी पोखरा बिमानस्थलमा ल्याण्ड हुने समय पारेर पोखराको हनुमानटोलबाट कालो झण्डा सहितको बेलुन उडाएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

pokhara-news-2

प्रकाशित मिति: Nov 4, 2016

प्रतिक्रिया दिनुहोस्