Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 4, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुखर्जीको पोखरा भ्रमण: अल्ट्रालाइट र प्याराग्लाइडिङ् उडान पनि बन्द ! 

pokhara-news

पोखरा । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको जनकपुर र पोखरा भ्रमण सफल पार्न त्यस क्षेत्रलाई तोकिएका नियतिम उडान बन्द गर्नुका साथै पोखरामा अल्ट्रालाइटदेखि प्याराग्लाइडिङको उडान पनि बन्द गरिएको छ । सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै सरकारले बिहानैदेखि पोखरा आसपासमा उडाइने अल्ट्रालाइट र प्याराग्लाइडिङ बन्द गराएको पोखरा विमास्थलले जनाएको छ ।

त्यसैगरी, काठमाडौंलगायत अन्य ठाउँबाट १२ वजेपछि आउने सम्पूर्ण जहाजलाई रोकिएको पोखरा विमानस्थल स्रोतले जानकारी दिएको छ । त्यसैगरी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पनि १० बजेदेखि ३७ मिनेट बन्द गरिएको थियो । “विहानका सबै उडान नियमित अनुरुप नै भयो,” विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए, “विहान ३७ मिनेट मात्रै अन्य जहाज उडानका लागि रोकिएको हो ।”

उनकाअनुसार भारतीय राष्ट्रपति मुखर्जी जनकपुर रहुन्जेल जहाजलाई सेनाले सुरक्षा दिएर राख्नेछ । “मुखर्जीलाई लिएर गएको जहाजलाई सुरक्षाकर्मीले सुरक्षा दिएर राख्छन्,” उनले भने, “बाँकी जहाजको उडान सेडुलअनुसार नै हुन्छ ।” स्रोतका अनुसार मुुखर्जी १ बजे पोखरा जाने कार्यक्रम तय भएको छ । पोखरा विमानस्थलले एक घण्टा अघिदेखि पोखरा जाने सम्पूर्ण उडान रोकिएको जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मुखर्जीको भ्रमणका बेला कुनै ‘सेडुल’ उडान परेको अवस्थामा उडान कम्पनी आफैले उक्त उडान रद्द गरेको जनाएको छ । निजी एअरलाइन्स कम्पनीले पोखरा र जनकपुरको धेरैजसो उडान रद्द गरेका छन् । ठाकुरकाअनुसार विमानस्थलबाट ९ बजेर ५५ मिनेटमा समेत जहाजले उडान भरेको थियो । त्यसपछि मुखर्जीको उडान पछि मात्रै विमानस्थल खुलेको उनले जानकारी दिए ।

प्रकाशित मिति: Nov 4, 2016

प्रतिक्रिया दिनुहोस्