Logo
१३ बैशाख २०८१, बिहीबार
(October 1, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फेसबुकमा मित्रता गर्दे, विदेशी व्यक्तिले पैसा ठग्दै !

facebok

काठमाडौं ।  तपाइँलाई कुनै विदेशी व्यक्तिले फेसबुकमा मित्रता राखेर उपहार पठाइदिन्छु त भनेको छैन ? यदी छ भने होसियार हुनुहोस्, तपाइँ ठगिन सक्नुहुन्छ । यसरी विदेशी व्यक्तिको नाममा खोलिएको फेसबुकबाट कयौं नेपाली महिलाहरु ठगिएको उजुरी नेपाल प्रहरीकहाँ आएको छ । नेपाली महिलाहरुलाई प्रलोभनमा पारी उनीहरुबाट उपहार भन्दै लाखौं रकम ठगी गरेको खुलासा भएको हो ।

प्रहरीका अनुसार आफनो नाम केन जोनसन राखी फेसबुक आई।डी खोली नेपाली महिलाहरुलाई फ्रेन्ड रिक्वेस्ट पठाई सम्पर्क बढाउने गरेको छ । नेपाली महिलाहरुसँग नजिकको मित्रता कायम गरी विवाह समेत गर्ने भन्ने जस्ता विभिन्न आश्वसन दिने गरेका थिए । प्रहरीका अनुसार ती केन भन्ने व्यक्तिले आफूलाई व्यापारी भनेर चिनाउने गरेका थिए । लामो समय कुरा गरेपछि युवतीहरुलाई विभिन्न बाहानामा प्रलोभन देखाउने गरेका थिए ।

पछि व्यक्तिगत आयश्रोत समेतका बारेमा जानकारी लिई मोवाईल, ल्यापटप तथा केही डलर रकम समेत गरी चालिस लाखसम्मको सामान पठाई दिएको भनी केनले पीडितलाई सामान ड्राफ्ट गरिएको ट्याग नं. समेत दिने गरेको थियो । तर, केही दिन पश्चात तपाईंलाई पठाएको सामान एयरपोर्ट भन्सारमा रोकिएकोले कर तिर्न ३/४ लाख लाग्छ तत्काल प्रारम्भिक प्रोसेसको लागि केही रकम पठाई दिन भनी भारतको फोनबाट सामान प्राप्त गर्ने व्यक्तिलाई फोन आउने गरेको थियो ।

सो पैसा पठाउन केनले नेपाली नागरीकको सम्पर्क नम्बर र नेपालको खाता नम्बर दिने गरेका थिए ।  यता, प्रलोभनमा परी सकेका पीडितले भने सो खातामा खातावालासँग सम्पर्क नै नगरी उक्त सामान प्राप्त गर्ने अभिलाषाले रकम पठाउने गरेका थिए ।  यसरी प्रलोभनमा पारेर ठगी गरेर भारतमा बिभिन्न व्यक्तिका नाममा हालसम्म पीडितहरुले लाखौं रकम पठाइसकेको तर सामान प्राप्त नभई ठगिने गरेको प्रहरीले जनाएको छ ।

हालसम्म केन भन्ने व्यक्ति पत्ता लागेको छैन । प्रहरीको अपराध महाशाखाबाट पिडितहरुसँग समन्वय गरी यस विषयमा थप अनुसन्धान जारी राखिएको जानकारी दिएको छ ।

प्रकाशित मिति: Oct 1, 2016

प्रतिक्रिया दिनुहोस्