Logo
४ बैशाख २०८१, मंगलबार
(October 1, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काग्रेस महामन्त्री कोइरला भन्छन् ‘म हिन्दू राज्यका पक्षमा छु’

sasank-koirala
काठमाडौं, १५ असोज । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले धर्मका बिषयमा ठोस निर्णय लिन जनमत संग्रहमा जानुपर्ने बताएका छन् । राजधानीमा संचारकर्मीहरुसँग कुरा गर्दै विपी पुत्र कोइरालाले धर्मका बिषयमा जनमत संग्रहमा गए देशलाई पनि फाईदा हुने स्पष्ट पारे ।

उनले आफू शुरु देखि नै धर्मनिरपेक्ष भन्दा पनि हिन्दू राज्यका पक्षमा भएकाले जनमत संग्रह भएमात्र त्यो बिषयको टुंगो लाग्ने दावी गरे । नेपालमा ७० प्रतिशत भन्दा बढी मानिस हिन्दू भएकाले हिन्दू राज्य नै राम्रो हुने उनको धारणा छ । संविधान कार्यान्वयन गर्दा भोलिका दिनमा द्धन्द्ध नहुनका लगि पनि हिन्दू राज्य कायम गर्ने–नगर्ने बिषयमा जनमत संग्रह गर्नुपर्ने महामन्त्री डा. कोइरालाको भनाई छ ।

प्रकाशित मिति: Oct 1, 2016

प्रतिक्रिया दिनुहोस्