Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 4, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसोधनको मस्यौदाबारे दलहरु छलफलमा, सीमांकन हेरफेरको तयारी !

फाइल तस्विर
फाइल तस्विर

काठमाडौं । संविधान संसोधनका लागि आज औपचारीक मस्यौदा तयार गरिने भएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र र मधेशी मोर्चाबीच शनिबारको छलफल सकारात्मक रहेकाले आज औपचारीक बैठक बोलाइएको छ । आजको औपचारीक बैठकले मस्यौदा तयार गरेपछि प्रमुख प्रतिपक्षीदलसँग छलफल हुनेछ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक ४ बजे बोलाइएको छ ।

संविधानभित्रका विषयहरू सीमांकन, भाषा, नागरिकता र राष्ट्रिय सभालगायतका विषयमा कांग्रेस र मधेसी मोर्चासँगको अनौपचारिक छलफल सहमति नजिक पुगेको प्रधानमन्त्रीले पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । उनका अनुसार सरकार र मधेसी मोर्चाबीच आइतबार ४ बजे औपचारिक वार्ता हुने भएको छ । प्रतिपक्षसँगको सम्बन्ध सकारात्मक बन्दै गएकोले संविधान कार्यान्वयन गर्न अबको बाटो सहज रहेको प्रधानमन्त्रीको भनाई छ । मुख्य चारवटा विषयमा छलफल भएको छ । सीमाकंनलायृ पनि सात प्रदेशभित्रै फेरबेदल गर्ने तयार छ ।

धानमन्त्री दाहालले प्रमुख तीन दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग संविधान संशोधनका लागि सीमांकन, भाषा, राष्ट्रिय सभा तथा नागरिकताको विषयमा भइरहेको छलफल सकारात्मक ढंगले अघि बढेको जानकारी दिए । ‘सात प्रदेशभित्र केही सीमांकन हेरेफर गरेर त्यसमा सबै सहमत हुने गरी छलफल भइरहेको छ,’ प्रधानमन्त्री निवास बालुवाटारमा दाहालले भने, ‘अहिलेसम्मको छलफलबाट सहमतिनजिक पुगेको महसुस गरेको छु ।’ प्रधानमन्त्री दाहालले नागरिकताको प्रावधानलाई अन्तरिम संविधानको मर्मअनुरूप नै बनाउने सहमति गरेको समेत बताएका छन्

प्रकाशित मिति: Oct 30, 2016

प्रतिक्रिया दिनुहोस्