Logo
४ बैशाख २०८१, मंगलबार
(October 30, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बामदेवको चुनौती: हिम्मत भए संशोधन गरेर देखाओस् !

bam

विराटनगर । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले मधेशी दलहरुलाई संविधान संशोधन गरेर देखाउन चुनौती दिएका छन् । उनले संशोधनबारे एमालेसँग कुनै परामर्श नगरेकोले एमाले संविधान संशोधनको पक्षमा नरहेको बताए ।

शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै गौतमले यदि मधेशीहरुमा हिम्मत भए संविधान संशोधन गरेर देखाउन चुनौती दिएका हुन् । सत्ता गठबन्धन दल कांग्रेस र माओवादीले एमालेसँग पनि संशोधनबारे छलफल भइरहेको बताउँदै मधेशी मोर्चालाई झुक्याउँदै आएको छ ।

सरकारले छठलगत्तै संविधान संशोधनको तयारी गरिरहेको र यसका लागि सबै पक्षसँग आन्तरिक छलफल भइरहेको सत्ताधारी दलहरुका शीर्ष नेताहरुले दाबी मधेशी मोर्चालाई आश्वासन दिँदै आएका छन् ।

प्रकाशित मिति: Oct 30, 2016

प्रतिक्रिया दिनुहोस्