Logo
११ बैशाख २०८१, मंगलबार
(October 30, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारी मन्त्री शाही

pranaw-mukharjiकाठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपालको उच्चस्तरीय राजनीतिक भ्रमणमा आउँन लागेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारी मन्त्रीको रुपमा मन्त्रीपरिषद्‌ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवन बहादुर शाहीलाई तोकेको छ । सवारी मन्त्री शाही राष्ट्रपति मुखर्जी नेपालमा रहुञ्जेल साथै रहेर विभिन्न उच्चस्तरीय राजनीतिक भेटघाटमा समेत सँगै रहनेछन्‌ ।

उच्च स्तरीय राजनीतिक भ्रमणको बेला सवारी मन्त्री तोक्ने परम्परा धेरै पहिले देखि हुँदै आएको र यो अन्तर्राष्ट्रिय कूटनीतिक अभ्यास समेत भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । सवारी मन्त्रीले नेपाल भ्रमणमा आएका पाहुनालाई जाने ठाउँमा अगाडि लागेर बाटो देखाउने काम गर्नुपर्छ । सवारी मन्त्रीसँग शिष्टाचार ज्ञान समेत हुनुपर्छ । त्यसैले मन्त्री शाहीलाई उक्त जिम्मेवारी तोकिएको मन्त्रिपरिषद् स्रोतले बताएको छ ।

कार्तिक १७ गते नेपाल भ्रमणमा आउँन लागेका राष्ट्रपति मुखर्जीको सवारी मन्त्री शाहीले उनको भ्रमण तालिका अनुसार जाने भनिएको ठाउँ जनकपुर र पोखराको स्थलगत अनुगमन गरेर तयारी पुरा गर्न निर्देशन दिएका थिए । भर्खरै मात्र पुनःनिरिक्षणमा जनकपुर र पोखरा गएका मन्त्री शाहीले तयारी पुरा भएको बताएका छन् ।

प्रकाशित मिति: Oct 30, 2016

प्रतिक्रिया दिनुहोस्