Logo
२७ असार २०८२, शुक्रबार
(October 29, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पौडीका हस्ती माइकल फेल्प्सले गरे गोप्य विवाह !

sport-news

न्युयोर्क, एजेन्सी  । पौडीका महान हस्ती माइकल फेल्प्सले लामो समयदेखि कि आफ्नी प्रेमिका निकोल जोहन्सनसँग गुपचुप विवाह गरेका छन् ।

रियो ओलम्पिकमा छ वटा पदक जित्दै नयाँ इतिहास बनाएका फेल्प्सले बिहीबार आफ्नो गल्फ भ्रमणका क्रममा यसको खुलासा गरेका हुन्। ‘मैले केही समयअघि विवाह गरेँ।

तपाईंहरूसामु केही समय गोप्य राखे,’ उनले आफ्नो फेसबुक लाइभ भिडियोमा भनेका छन् ।

फेल्प्सले पाँच महिनाको छोरा बुमरका लागि अर्को भाइ छिट्टै आउन लागेको जानकारी दिए। ‘तपार्इंहरूको प्रिय कमेन्ट्सका लागि धन्यवाद। दोस्रो बच्चा छिट्टै आउन सक्ने सम्भावना छ,’ उनले ठट्टा गरेका छन्।

यो जोडीले अरिजोनाको प्याराडाइज भ्यालीमा जुन १३ मा गोप्य वैवाहिक बन्धनमा बाँधिएका हुन् ।

उनीहरूको विवाहको चाजोपाजो निकट मित्र पिटर कार्लिस्लेले मिलाएका थिए। गत अगस्टमा ओलम्पिक हुँदा फेल्प्सले आफू जोहन्सनसँग छिट्टै विवाह गर्ने बताएका थिए।

प्रकाशित मिति: Oct 29, 2016

प्रतिक्रिया दिनुहोस्