Logo
७ बैशाख २०८१, शुक्रबार
(October 27, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पार्टी प्रवेश गराउदै महतोले भने ‘छठ पछि कठोर आन्दोलन’

rajendra-mahato-3

वीरगञ्ज । सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले मधेसी मोर्चासँग भएको सम्झौता कार्यान्यवन नगरे तिहार र छठपछि कठोर आन्दोलन गर्ने चेतावनी दिएका छन् ।सद्भावना पार्टी पर्साले होटल कुमुप्यालेशमा आयोजना गरेको वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । केपी ओली नेतृत्वको सरकारले मधेसी मोर्चासँग ३६ पटक वार्ता गरी मात्र अल्झायो र वर्तमान प्रचण्ड नेतृत्वको सरकार वन्नु अघि मधेसी मोर्चासँग भएको सम्झौता कार्यन्यवन नगरे कठोर आन्दोलन गर्ने उनले बताए ।

अधिकार, पहिचान र स्वभिमानकोलागि जारी मधेस आन्दोलनको क्रममा वीरगञ्जमा भएको आन्दोलनले नेपाल लगायत पुरा विश्वमा पहिचान बनाएको बताउँदै उनले भने ‘वीरगञ्ज जस्तै मधेसको अन्य जिल्लामा आन्दोलन नभएको कारण मधेसको माँग समयमै पुरा हुन सकेन र केही साथीहरुले ईमान्दारिकपुर्वक जिम्मेवारी निर्वाह नगरेकोमा दुःख व्यक्त गरे ।’ प्रमुख अतिथी समेत रहेका महतोले नेपालमा बस्ने पहाडी समुदायको सम्पर्क भाषा नेपाली हो त्यस्तै मधेसमा बस्ने मधेसीहरुको सम्पर्क भाषा हिन्दी रहेको बताए । मधेस आन्दोलन कुनै जाती वा समुदाय बिरुद्धको नभई मधेसी जनताले आफना अधिकार र पहिचानका लागि गरेको बताउदै मधेसी जनता मधेसको सच्चा धर्तीपुत्र रहेको समेत प्रष्ट पारे ।

सद्भावना पार्टी पर्साका उपाध्यक्ष ईश्वर यादवको सभापतित्वमा सम्पन्न पार्टी प्रवेश कार्यक्रममा बोल्दै महासचिव सरोज यादवले पहाडी पार्टीमा रहेका मधेसी नेताहरुको भुमिका राम्रो नहुनु र मोर्चाको केही नेताले ईमन्दारीपुर्वक जिम्मेवारी पुरा नगरेको कारण आन्दोलन यति लम्बिएको बताए । आन्दोलनमा सदभावना पार्टीका नेता एवं कार्यकर्ताले राम्रो भुमिका निर्वाह गरेकोले आउँदो दिनमा मधेसको प्रथम पार्टी हुने दावी गरेका थिए ।

पार्टीका सह–महासचिव सुरेन्द्र कुर्मीले सद्भावना पार्टी मात्र नभई परिवार रहेकोले यसमा आवद्ध हुने साथीहरुले पार्टीको निती र सिद्धान्त विपरित कार्य नगर्न सुझाव दिदै मधेसको माँग पुरा नभए सम्म संर्घष जारी रहने बताए । पार्टी प्रवेश गर्नेहरुमा युवा गठबन्धन पर्सा क्षेत्र नम्वर–२ का संयोजक असरफ अली मन्सुरी, समाजवादी लोहियावादी युवक संगठन पर्साका अध्यक्ष आनन्द गुप्ता, बेलवा गाविसका युवा नेता नईम अन्सारी, चर्चित भोजपुरी गायक धुरेन्द्र सहनी, कलाकार लालु मिश्रा, फोरम लोकतान्त्रिकका समिम मन्सुरी, रोहान अन्सारी, सुनिल यादव, संदिप झा, माओवादी केन्द्रका रोहित पटेल, बेलवा गाविसका सोहेल हुसेन, नेयाज अन्सारी, निजामुद्दिन अन्सारी, उपेन्द्र तिवारी, गाविस बिश्रामपुरका सन्तोष पटेल, गुरुदन्त जयसवाल, नविन कुशवाहा, नागेन्द्र पटेल, संदिप चौरसिया, सिकेन्द्र पटेल, महिला नेतृहरु नितु कर्ण, नेहरुल नेसा, सीमा खातुन, पिंकी गुप्ता, सपना साह, रेखा वर्णवाल, विभा सिंह, गहवाका पिन्टु साह, सुजित कुमार वैठा, किसन सर्राफ, चन्दन साह, साहरुख खान, बिकी शर्मालगायत विभिन्न पार्टीबाट सद्भावना पार्टीमा प्रवेश गरेका छन् ।

पार्टी प्रवेश कार्यक्रममा सदभावना पार्टीका केन्द्रीय सदस्यहरु योगेन्द्र यादव, निजामुद्दिन समानी, रेखा घिमिरे, केन्द्रीय सल्लाहकारद्वय पुर्व एसपी हनुमान साह र रमेश गुप्ता, प्रेस मञ्च नेपालका केन्द्रीय अध्यक्ष संतोष पटेल, संसदिय समिति सदस्य बिपिन यादव, सदभावना पार्टी पर्साका उपाध्यक्ष अनुरुद्ध कलवार, प्रवक्ता धुरेन्द्र पटेल, सचिव राजेश साह, वीरगञ्ज नगर अध्यक्ष ओमप्रकाश सर्राफ, सदभावना महिला मञ्च पर्साका अध्यक्ष रेखा साह, युवा मञ्च पर्साका अध्यक्ष शेख मुना, वीरगञ्ज उपाध्यक्ष सुरेश साह कानु, प्रवक्ता अनिल साह, महिला नेतृ मालती कुशवाहा, महिला मञ्च वीरगंज नगर अध्यक्ष सुनिता रौनियार लगायतको उपस्थिती रहेको थियो । सदभावना पार्टी पर्साका सचिव धर्मेन्द्र पटेलले सहजीकरण एवं उपाध्यक्ष भुपेन्द्र तिवारीले स्वागत मन्तव्य व्यक्त गरे ।

प्रकाशित मिति: Oct 27, 2016

प्रतिक्रिया दिनुहोस्