Logo
८ बैशाख २०८१, शनिबार
(October 27, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्वसभासदको करेसाबारीसहितको गाँजा प्रहरीद्वारा नष्ट

942804697आरएन महतो, गौशाला, ११ कार्तिक । महोत्तरीको लक्ष्मीनियाँ गाविसमा एकजना पूर्वसभासद्को करेसाबारीको तयारी अवस्थामा रहेको गाँजा प्रहरीले नष्ट गरेको छ ।

गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेल र सशस्त्र प्रहरी सुरक्षा वेश रामनगरका प्रहरी सहायक निरीक्षक एकराज चौलागाईको कमाण्डमा गएको प्रहरी टोलीले एकाबिहानै लक्ष्मीनिया–८ मा ७ कठ्ठा क्षेत्रफलमा तयारी अवस्थामा रहेको गाँजालाई नष्ट गरेको छ ।

गाँजा नष्ट गरिएको जग्गाको सो क्षेत्रफलमध्ये नेकपा माओवादी केन्द्रका पूर्वसभासद् बुधनी देवी महतोको ५ धुर जग्गा पनि रहेको छ । पूर्वसभासद बुधनी देवी महतोसहित उनको जग्गा वरिपरि छिमेकीका जग्गाहरुमा लगाइएको गाँजा प्रहरी टोलीले नष्ट गरेको प्रहरी स्रोतले जनाएको छ ।

सभासद जस्तो व्यक्तिले आपूm र आप्mनै घर वरिपरिका व्यक्तिहरुले गरेको गाँजा खेतीबाट उनी राजनीतिक लाभ उठाउन खोजेको स्थानीयहरुले बताएका छन् ।

विकास निर्माणको काम गर्ने र सर्वसाधारण जनताको पिरमार्का बुभ्mने व्यक्ति गाँजा खेतीमा लाग्नु दुःखद् रहेको स्थानीय बुद्धिजीवीहरु बताउँछन् ।

यता, इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलले सो वडाका प्रत्येक व्यक्तिले आफ्नो घरपछाडि करिव ५ धुर जग्गामा गाँजा खेती गरेको पाइएको बताए ।

सडकमा हिड्ने व्यक्तिहरुले देख्न नसक्ने स्थानमा गरिएको गाँजा खेती पूर्ण रुपमा नष्ट गरेको प्रहरीको कार्य प्रशंसनीय भएको स्थानीयहरुले भनेका छन् ।

प्रहरी आएको जानकारी पाएपछि खेतीवालाहरु घरछोडेर भागेकोले  कोही पनि फेला नपरेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । उखेलिएको गाँजाको बोट स्थानीयस्तरमै आगो लगाएर नष्ट गरिएको प्रहरी निरीक्षक शम्भु पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति: Oct 27, 2016

प्रतिक्रिया दिनुहोस्