Logo
७ बैशाख २०८१, शुक्रबार
(October 27, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

त्रिवेणी बिकास बैकद्धारा राष्ट्र बैकको निर्देशन अवज्ञा : कर्जावाला ग्राहकको शोषण !

1832851273काठमाडौं ,११ कात्तिक , राष्ट्रियस्तरको त्रिवेणी बिकास बैकले नियमनकारी निकाय नेपाल राष्ट्र बैकको निर्देशन अवज्ञा गरेको छ । राष्ट्र बैकको निर्देशन अनुसार राष्ट्रियस्तरका बिकास बैकहरुले पाँच प्रतिसतको स्प्रेड दर कायम गर्नुुपर्छ ।

तर त्रिवेणाीको चालुु आर्थिक बर्षको असोज मसान्तसम्मको अपरिष्कृत बित्तीय बिवरण अनुुसार यस्तो स्प्रेड दर छ दसमलव ४७ प्रतिसत रहेको छ ।

गत आर्थिक बर्षको सोही अवधिमा पनि बैकको यस्तो दर छ दसमलव ९८ प्रतिसत रहेको थियो । उच्च स्प्रेड दर भएको बैकहरुमा कर्जाको व्याज निकै नै उच्च रहेको हुन्छ ।

सोही अर्थमा पनि बैकले बढी नाफा देखाउन कै लागि स्प्रेड दर उच्च बनाएको देखिन्छ । स्प्रेड दर उच्च हुुंदा त्रिवेणी बिकास बैकबाट कर्जा लिने ग्राहकहरु निकै नै आर्थिक शोषणमा परेको र त्यहाँको राम्रा तथा असल ऋणीहरु कम स्प्रेड दर भएका बैकरुमा जान थालेकाछन ।

स्प्रेड दर उच्च बनाएकै कारण बैकले चालुु आर्थिक बर्षको असोज मसान्तसम्ममा दुुई करोड ४९ लाख ३७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको देखिन्छ ।

गत आवको सोही अवधिमा बैकको यस्तो नाफा एक करोड ३८ लाख १८ हजार रुपैयाँ रहेको थियो । चालुु आवको असोज मसान्तसम्ममा दुुई दसमलव १३ प्रतिसत कर्जा खराव देखिएको बैकले संभावित जोखिम व्यवस्थापन शिर्षकमा तीन करोड सात लाख ६७ हजार रुपैयाँ छुट्याएको देखिन्छ ।

गत आवको सोही अवधिमा बैकमा खराव कर्जाको अनुपात तीन दसमलव ७८ प्रतिसत रहेको थियो भने संभावित जोखिम व्यवस्थापन रकम ९५ लाख ९० हजार रुपैयाँ मात्र रहेको थियो ।

चुक्ता पुंजी ८२ करोड १५ हजार रुपैयाँ रहेको बैकले चालु आवको असोज मसान्तसम्ममा नौ अर्ब नौ करोड ७६ लाख नौ हजार रुपैयाँ निक्षेप संंंकलन गरी आठ अर्ब आठ करोड ४२ लाख ६३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । घरजग्गा क्षेत्रमा ८६ करोड ३९ लाख ६३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको बैैकले सो अवधिमा नौ करोड दुुई लाख ६८ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।

गत आवको सोही अवधिमा बैैकले सात अर्ब ९२ करोड २१ लाख ७९ हजार रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ६८ करोड ३५ लाख ४० हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । घरजग्गा क्षेत्रमा ४४ करोड ९० लाख ७९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको बैकले उक्त अवधिमा पाँच करोड ६४ लाख ९६ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

प्रकाशित मिति: Oct 27, 2016

प्रतिक्रिया दिनुहोस्