Logo
२२ बैशाख २०८१, शनिबार
(October 27, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब बिद्यार्थीलाई पनि र धरौटी राजश्व तिर्नुपर्ने !

teacher

काठमाडौं । विदेशी शिक्षण संस्थासँग सम्बन्धन लिएर स्वदेशमा विद्यालय तहको शैक्षिक कार्यक्रम सञ्चालन गर्न चाहने शैक्ष्कि संस्थाले अनिवार्य रुपमा धरौटी राख्नपर्ने व्यवस्था गर्न लागिएको छ । शिक्षा मन्त्रालयले निर्माण गरेको शिक्षा नियमावलीको मस्यौदामा यस्तो प्रस्ताव गरिएको छ । यो नियम यसअघि अर्थमन्त्रालयको अनुमति लिइसकेका विद्यालयलाई भने लागू नहुने मन्त्रालयले स्पष्ट पारेको छ ।

विदेशी पाठ्यक्रमअनुसार पढाइ हुने शैक्षिक संस्थामा पढ्न चाहने हरेक विद्यार्थीले राजस्वलगायत दुई हजार तिर्नुपर्ने नयाँ व्यवस्था नियमावलीले गरेको छ । यसअघि उच्चशिक्षा अध्ययनका लागि विदेश जान खोज्ने विद्यार्थीबाट मात्र यो नो अव्जेक्सन लेटरबापत दुई हजार रुपैयाँ राजश्व लिने गरिएको थियो । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रकाशित मिति: Oct 27, 2016

प्रतिक्रिया दिनुहोस्