Logo
१३ बैशाख २०८१, बिहीबार
(October 27, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोकमान प्रकरकणबारे प्रधानमन्त्रीले गरे सम्पादकसँग अन्तर्क्रिया

pm-prachanda

काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न मिडिया हाउसका सम्पादकसँग छलफल गरेका छन् छलफलमा प्रचण्डले आफु प्रधानमन्त्री भए पश्चात अहिलेसम्म भएका घटना र त्यसको प्रगतिको बारेमा ब्रिफिङ गरेका थिए । बुधबार दिउँसो बालुवाटारमा सत्ता साझेदार दल नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसगँ छलफल गरेपछि मिडियाकमीृहरुसग छलफल गरेका हुन ।

तीन दलबीचको छलफल
-म प्रधानमन्त्री भएपछि पहिलो पटक तीन दलको बैठक बालुवाटारमा बस्यो । केपी ओली पनि पहिलो पटक बालुवाटार आउनुभयो । आजको बैठकमा चारवटा विषयमा कुराकानी भए । महाअभियोग, संविधान कार्यन्वयन, स्थानीय तहको निर्वाचन र संविधान संसोधन ।

छलफल राम्रो भयो । मलाई सकरात्मक भएको महसुस भएको छ । दलहरुबीचको दुरी पनि घटदै गएको छ ।

महाअभियोग पारित गर्न पनि र संविधान संसोधन गर्नपनि दुई तिहाई मत चाहिन्छ । आज बसेको तीनदलका प्रमुखबीचको छलफलमा पनि यही कुरा भयो । त्यसपछि मिडियाका सम्पादकसँग छलफल हुँदैछ । यो पनि सुखद संयोग भयो ।

-मेरो कार्यकाल चुनौतिपुर्ण छ । मधेश, पहाड र हिमालका राजनीतिक शक्तिहरु मिलाउने, छिमेकी सँगको सम्बन्ध राम्रो बनाउने र न्यानो बनाउदै लैजानु पर्ने जिम्मेवारी मेरो काँधमा आइपरेको छ ।
मैले अहिले भूकम्प पछिको पुनः निर्माण, देशको सुशासन र चुनावलाई केन्द्रमा राखेर काम गरेको छु । असन्तुष्टहरुका माग सम्बोधन गर्न कोसिस जारी नै छ । पुनःनिर्माणकालागि पनि काम भइरहेको छ । दुइदेशमा विशेष दुत पठाएर सम्बन्ध सुधारको कोशिष गरिरहेको छु ।

– अबको ध्यान मैले संविधान संसोधन र देशलाई निर्वाचनमा लैजाने तिर केन्द्रित गरेको छु । संयोगवस महाअभियोगको प्रस्ताव पनि यहीबेला आयो । यो कुरा पहिलेदेखि नै उठेको थियो । ओलीजी प्रधानमन्त्री भएकोबेला राजनीतिक नेतृत्वसहित २९ जनाको नाममा अख्तियारबाट पत्र काटियो । ‘यो अलि गम्भिर भयो’ भनेर मैले ओलीजिलाई भनेको थिएँ । त्यतीबेला उहाँ अगाडि मुभ गर्नु भएन । अहिले उहाँ प्रतिपक्षमा पुग्नु भयो, म सरकारमा आएँ, यतिबेला उहाँले मुभ गर्नुभयो । महाअभियाेग प्रस्ताव देख्दा सरप्राइज जस्तो भयो तर कुरा चलिराखेको थियो ।

-प्रस्ताव दर्ता गर्ने दिन पनि आइसिसिमा ओलीजी, शेरबहादुरजी र मेराबीचमा कुराकानी भएको थियो । ओलीजीले ‘अगाडी बढौँ’ भन्नु भयो । शेरबहादुरजीले ‘पार्टीसँग कुरा गर्छु त्यसपछि अगाडी बढौँ’ भन्नुभयो । मैले चाहीँ ‘यो अत्याधिक राष्ट्रिय महत्वको विषय हो, जे गरेपनि मिलेर एकै पटक गरौँ’ भनेर कुरा राखेको थिएँ । मलाई लाग्छ जनमतको हिसाबले पनि र संसदको मतको हिसाबले हेर्दा पनि यो विषय टुंगोमा पुग्छ ।

निर्वाचन
-चैतमा नै स्थानीय तहको निर्वाचन हुनुपर्छ भन्ने कुरा स्पष्ट छ । र यो सम्भव छ । सरकारको कुरा पनि यही हो । स्थानीय तहबाहेक पहिले अरु चुनावमा जाँदा त्यो प्राकृतिक हुँदैन । स्थानीय तह पुनःसंरचना आयोगले ‘मंसिरको पहिलो सातासम्म रिपोर्ट दिन्छु’ भनेको छ । रिपोर्ट आएपछि चुनावको मिति तय गरेर सरकार बाँकी काममा अगाडि बढ्छ ।

समय नभएमा प्रदेश र केन्द्रको चुनाव एकैपटक गर्न सकिन्छ । र यो सम्भव पनि छ । ७४ साल कार्तिक मंसिर भित्र प्रदेश र केन्द्रको चुनाव गर्न सकिन्छ ।

-दलहरुबीच सहमति भयो भने अप्ठेरो कुरापनि सजिलो हुन्छ । सहमति भएन भने सजिलो कुरा पनि अप्ठेरो हुन्छ । जे भएपनि अहिले एक ठाउँमा आउने वातावरण भएको छ । संविधान घोषणामा पनि दलहरुबीचमा एकखालको राष्ट्रिय सहमति बनेको थियो । अब मधेशलाई ल्याउन सके संंविधान कार्यन्वयन हुन्छ । अहिले म सफल हुने या असफल हुने भन्ने मात्रै होइन । हामीले संविधान कार्यन्वयन गर्न सकेनौँ भने सिँगो प्रक्रिया असफल हुन्छ ।

छिमेकसँगको सम्बन्ध
-राजनीतिक रुपले स्थिर र आर्थिक रुपले समृद्ध नभएसम्म चीन र भारतसँगको सम्बन्ध स्थिर हुन सक्दैन । हाम्रो विदेश नीतिको विश्वसनीयता पनि कम हुन्छ । राजनीतिक दलहरु झगडा गरिरहने हो भने हाम्रो दुर्भाग्य कायम रहन्छ । गरिबलाई सबैले हेप्छ । उपयोग गर्न खोज्छ । संविधान बनाएका छौँ । परिवर्तन घोषित छ ।

-यसलाई कार्यन्वयन ग¥यौँ भने विदेश नीति पनि राम्रो हुन्छ । मैले जहिले पनि राष्ट्रको हितलाई ध्यानमा राखेर तलमाथि गर्ने गरेको छु । संविधान जारी हुँदा होस या नाकाबन्दी हुँदा सबैभन्दा आक्रामक मै थिएँ । पछिल्लो पटक देश धु्रबिकरणतिर जान थाल्यो । मधेश एकातीर पहाड अर्कातिर हुन थाल्यो । छिमेकीसँगको सम्बन्ध पनि बिग्रिदैँ गयो । असन्तुष्टलाई जोड्ने नैतिक र राजनीतिक प्राधिकार मसँग भए जस्तो लाग्यो । र म अगाडि बढेँ ।

-प्रधानमन्त्रीको हैसियतले भारत भ्रमणमा गएकोबेला नेपाको हितमा भारतीय नेतृत्वसँग अधिकतम कुरा राख्ने कोसिस भयो । आफ्नो स्तर मेन्टन गरेर कुरा राखेकोमा सन्तुष्ट छु । त्यसपछि गोवा भ्रमण भयो । नेपालको समग्र हित, देशहरुको सम्बन्धका विषयमा औपचारिक र अनौपचारिक कुराहरु भए । सम्मलेनमा मैले भेटघाट राम्रो बनाउन प्रयास गरेँ । औपचारिक फोरममा नेपालको प्रस्तुती राम्रो भएको भन्दै विभिन्न देशका प्रतिनीधिहरुले बधाइ दिए । तीनदेशका प्रमुख नेताहरुबीचमा भएको गोवाको बैठक संयोग थियो । चिनियाँ राष्ट्रपतिले यो वर्ष कठिन छ, म समय मिलाएर आउँछु भन्नु भएको छ ।

संविधान संसोधन
-संविधान संसोधनका चारवटा विषयमाथि छलफल भइराखेको छ । सीमांकनमा केही न केही हेरफेर त हुनै पर्छ । भाषाको सम्बोधन चाहिँ आयोगले गरेको सिफारिसका आधारमा हुन्छ । नागरिकताको व्यवस्था अन्तरिम संविधानको व्यवस्था अनुसार हुन सक्छ ।

-राष्ट्रिय सभामा सबै प्रदेशको बराबरी र बाँकी जनसँख्याको आधारमा प्रतिनिधित्व गर्न सकिन्छ । अहिले झापा मोरङ र सुनसरीलाई चलाउन पनि कठिन छ । सात प्रदेश पनि चलाउन सकिन्न । त्यसबारेमा कांग्रेस एमालेले पहिला अगाडि सारेको प्रस्तावको वरीपरी जान सकिन्छ । त्यो सम्भव छ । त्यतिमा मात्रै मधेशी दलहरु आउँदैनन् । हामीले संघीय आयोग बनाउने, र त्यसलाई अनुसुचिमा राखेर जान सकिन्छ । आयोगको कार्यकाल पाचँ/ दश वर्षको बनाएपछि जुनसुकैबेला पनि गर्न सकिन्छ ।

-महाअभियोगसँगै संविधान संसोधनलाई असर नगराेस भन्ने मेराे चाहना छ । हुन त यी जोडिएका बिषय होइनन्, तर नेपालमा नहुने पनि कहिलेकाँही हुन्छ । यतिबेला तिहार, छट र भारतीय राष्ट्रपतिको भ्रमणका कारण केही लामाे समयका लागि संसद स्थगित भएको हाे ।

अख्तियारमा अब को आउँछ भन्ने विषयमा आजको तीन दलको बैठकमा राम्रो समझदारी भएको छ । पन्ध्र दिनको लागि संसद बैठक सरेको छ । यो समयले सहमतिलाई असर गर्छ कि भन्ने डर लागि रहेको छ । @रातोपाटीबाट

प्रकाशित मिति: Oct 27, 2016

प्रतिक्रिया दिनुहोस्