Logo
११ बैशाख २०८१, मंगलबार
(October 25, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाकिस्तानको प्रहरी प्रशिक्षण केन्द्रमा आक्रमण, कम्तीमा ५८ प्रहरीको मृत्यु

pak-news

पाकिस्तान, एजेन्सी ।  पाकिस्तानको क्वेटामा ६ जना बन्दुकधारीले जथाभावी आक्रमण गर्दा ४० भन्दा बढी प्रहरीको मृत्यु भएको छ ।सोमवार राति प्रहरी तालिम केन्द्रको होस्टेलमा भएको यो आक्रमणमा ठूलो हताहती हुन पुगेको हो । सरकारी अधिकारीहरूका अनुसार कम्तीमा पनि ४४ जना प्रशिक्षार्थी प्रहरीहरू मारिएका छन् भने कम्तीमा १०६ अन्य घाइते भएका छन् ।

बलुचिस्तान प्रहरी कलेजमा रहेका सयौं प्रशिक्षार्थीहरूलाई त्यहाँबाट सुरक्षित स्थानमा लगिएको थियो । सेनाले आतंकवादीहरूमाथि प्रत्याक्रमण गरेका थिए । पाँचदेखि ६ जना आतंकवादीले बन्दुक तथा बम प्रहार गरेर प्रहरीहरूलाई मारेको पाकिस्तानी सेनाको सञ्चार विभागले जनायो ।

अहिले आक्रमणको सिलसिला बन्द भएर क्लिनअप अपरेसन चलेको प्रान्तीय गृहमन्त्री सरफराज बुग्तीले बताए । दुई आतंकवादी आत्मघाती आक्रमणमा मारिए भने अन्यलाई सुरक्षाकर्मीले मारेको उनले बताए । फ्रन्टियर कोरका मेजर जनरल शेर अफगानले धेरैजसो प्रशिक्षार्थी प्रहरी बम विस्फोटनमा मारिएको बताए ।

क्वेटा बलुतिस्तान प्रान्तको राजधानी हो र यहाँ थुप्रै अलगाववादी लडाकु तथा असंख्य इस्लामी अतिवादी समूह छन् । एजेन्सीहरूको सहयोगमा

प्रकाशित मिति: Oct 25, 2016

प्रतिक्रिया दिनुहोस्