Logo
१३ बैशाख २०८१, बिहीबार
(October 25, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्मचारीकै सेटिङमा चोरीको बिद्युतले ग्रिल उद्योग संचालन !

greel

सुनसरी । बिद्युत कर्मचारीहरुसँगको सेटिङको आधारमा सुनसरी जिल्लाका ग्रामिण तथा शहरी क्षेत्रहरुमा सञ्चालित अधिकांश ग्रिल उद्योगहरुले चोरीको बिद्युत लाईन उपयोग गरी आफ्नो व्यवसाय सञ्चालन गर्ने गरेको स्रोतले जानकारी दिएको छ । सुनसरीको इनरुवा, लौकही, दुहवी, झुम्का, प्रकाशपुर, महेन्द्रनगर, औरावनी लगायतका स्थानहरुमा सञ्चालित दर्जनौ ग्रिल उद्योगहरुले मिटर जडान भएपनि मेन लाइनबाट सिधा बिधुत चोरी गरी उधोग चलाउदै आएका छन ।

विधुत प्राधिकरणको ति क्षेत्रमा खटिने कर्मचारी तथा मिटर रिडरहरुको मिलोमतोमा मासिक नजराना लिएर ग्रिल उद्योगहरुलाई विधुत चोरी गर्ने छुट दिएको जानकारहरु बताउँछन ।बिद्युत चोरी भएका क्षेत्रहरुमा आसपासका छिमेकीहरुको घरको लाइनमा भोल्टेज नहुने टिभी, रेफ्रिजेटर नचल्ने, पंखा हल्का चल्ने जस्ता समस्याहरु आएकाले बिद्युत प्राधिकरणमा समस्या राख्दा देशभरी भोल्टेजको समस्या रहेको बताउने गरेको इनरुवा २ का बोधप्रसाद सुवेदी बताउँछन ।

बिद्युत चोरी रोक्नका लागी हुकिङ्ग हटाउने अभियान चलाएपनि कार्यालयकै कर्मचारीहरुको मिलोमतोमा हुने अवैध काम रोक्न कार्यालयले कुनै कदम नचालेकाले असन्तुष्ट कर्मचारीहरुले नेपाल विधुत प्राधिकरणको केन्द्रमा लिखित उजुरी गर्ने तयारी गरेको कर्मचारीहरुको संगठनका अगुवा समेत रहेका एक कर्मचारीले बताए । सुनसरीको बिभिन्न उधोगहरुमा डिजिटल मिटर जडान गरिएपनि चोरीको लाइन भने कुनै न कुनै माध्यमबाट चालु रहेको बताउदै ति कर्मचारीले प्राविधिक भाषा ज्ञानको बारेमा सवैलाई जानकारी नहुने भएकाले उद्योगका फिडरहरुमा के हुदैछ भन्ने सुचनाहरु सञ्चार माध्यमहरुमा नजाने गरेको बताए भन्दै इनरुवाको वर्णमालामा समाचार छ ।

ठूला उद्योगहरु भन्दा साना उद्योगहरुमा व्यापारीहरुको फिल्ड तहमा जाने कर्मचारीसँग मिलोमतो हुने भएकाले बिद्युत लाइन चोरी कहाँ कुन स्थानमा भै राखेको छ कार्यालयमा रहने माथिल्लो तहका कर्मचारीलाई जानकारी नहुने अवस्था रहेकाले चोरी नियन्त्रण गर्न असफल हुने गरेको ति कर्मचारीले बताए ।

प्रकाशित मिति: Oct 25, 2016

प्रतिक्रिया दिनुहोस्