Logo
७ बैशाख २०८१, शुक्रबार
(October 25, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खुमबहादुरको कडा रुप: ‘कांग्रेस महाभियोगको विपक्षमा जानुपर्छ’

khum-bdr-khadkaकाठमाडौं, १० कार्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रभावशालि नेता, खुमबहादुर खड्काले नेपाली कांग्रेस लोकमानसिंह काकीविरूद्धको महाभियोगको विपक्षमा जानुपर्ने बताएका छन् ।

मंगलबार केन्द्रीय समितिको बैठकमा बोल्दै, उनले लोकमानविरूद्ध लगाइएको महाभियोग प्रतिशोधका आधारमा ल्याइएकाले पार्टी त्यसको विपक्षमा जानुपर्ने बताए ।
‘लोकमानलाई अहिले महाभियोग लगाउनु भनेको आएनएजीओ, एनजिओ र पश्चिमा मुलुकको दबाब र प्रभावमा ल्याइएको हो,’ उनले भने, ‘एमालेको षडयन्त्रभित्र कांग्रेस फस्नु जरूरी छैन ।’

कडा रूपमा प्रस्तुत भएका खड्काले थपे,‘यदि उनी गलत थिए भने उनलाई नियुक्ति गर्ने नेताहरू कसरी सही हुन सक्छन् ?’
तत्कालिन मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीप्रति आक्रमक देखिएका उनले मुलुकको संविधान र कानुनको रक्षा गर्ने ओहदामा बसेको ब्यक्ति रेम्मीले यदि लोकमानको अवस्था खराब थियो भने किन सिफारिस गरेको ? भनि प्रश्न गरेका थिए ।

‘यदि लोकमान गलत हो भने उनीमाथि छानबिन र कारबाही गर्नु परेन । नियुक्ती गर्ने मान्छे सही र नियुक्त भएको मान्छे गलत भन्ने हुन्छ?’, उनले भने ।

आफ्नो बारेमा छानबिन हुनसक्ने भन्दै अत्तालिएर एमाले–माओवादीले यो प्रस्ताव ल्याएका भन्दै उनले भने,‘आफूमाथि छानबिन हुनसक्ने डरले माओवादी–एमालेले यो प्रस्ताव ल्याएका हुन् ।

हिजो कांग्रेसका नेताहरूलाई पर्दा ठीक र अहिले एमालेका केही नेताहरूलाई पर्दा गलत कसरी हुनसक्छ ?’ उनले भने,‘अख्तियार प्रमुखकका लागि यदि लोकमानको अयोग्यता हो भने त्यो मुद्दा अदालतमा विचारधिन छ ।त्यसलाई अदालतले नै फैसला गर्छ ।’

स्वास्थ्य लाभ गरिरहेका खड्का बिहानै बैठकमा बोलेर बाहिरिएको उनको पारिवारी स्रोतले बताएको छ ।

प्रकाशित मिति: Oct 25, 2016

प्रतिक्रिया दिनुहोस्