Logo
१५ चैत्र २०८०, बिहीबार
(October 25, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कार्कीविरुद्धको महाअभियोग प्रस्तावमा छलफल हुने

lokman
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावमा कार्तिक ९ गते मंगलबारदेखि छलफल हुने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी एमालेका १ सय ५७ सांसदहरुले अघि बढाएको महाभियोग प्रस्ताव पारित हुन संसदको सबैभन्दा ठूलो दल कांग्रेसको समर्थन अनिवार्य छ ।

आइतबारको संसद बैठकमा सभामुख ओनसरी घर्तीमगरले महाअभियोग प्रस्तावमा ९ गते छलफल गर्ने समय निर्धारण गरेकी हुन् । महाभियोग प्रस्तावमाथि संसदको पूर्ण बैठकमा सामान्य छलफल मात्रै हुन्छ भने महाभियोग सिफारिस समितिले विस्तृत अनुसन्धान तहकिकात गर्ने प्रावधान छ ।

संविधान र संसदको नियमावली अनुसार महाभियोग प्रस्ताव पारित हुन संसदको दुई तिहाई मत आवश्यक पर्छ । संसदमा कांग्रेसको सिट संख्या (२०७) एक तिहाईभन्दा बढी छ ।

प्रकाशित मिति: Oct 23, 2016

प्रतिक्रिया दिनुहोस्