Logo
१५ चैत्र २०८०, बिहीबार
(October 21, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोकमान प्रकरणले दुई हाइप्रोफाइल भ्रमण रद्द !

onsari-kp-oli

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता भएपछि दुईवटा दूई हाइप्रोफाइल भ्रमण रद्द भएका छन् । सभामुख ओनसरी घत्र्तीको जेनेभा र पूर्वप्रधानमन्त्री एव्म एमाले अध्यक्ष केपी ओलीको बंगलादेश भ्रमण रद्द भएका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्तावमाथि छलफल केन्द्रीत भएपछि भ्रमण रद्द गरिएका हुन् । सभामुख ओनसरी घर्तीले स्विजरल्यान्डको जनेभामा आयोजना हुने इन्टरनेसनल पार्लियामेन्ट्रियन युनियनको बैठकमा भाग लिन जाने कार्यक्रम कार्तिक ४ गते रद्द गरिन् । मुलुकमा उत्पन्न विशेष राजनीतिक कारणले उनले साताव्यापी आफ्नो भ्रमण रद्द गरेको उनको नीजि सचिवालयले जानकारी दिएको थियो ।

सभामुख घर्तीसहित सो बैठकमा नेपाली काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ, नेकपा (एमाले)को प्रमुख सचेतक भनुभक्त ढकाल, नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक टेकबहादुर बस्नेत सहित संसद् सचिवालयका पदाधिकारी सो कार्यक्रममा जाँदै थिए ।बंगलादेशको अवामी लिग पार्टीको निमन्त्रणमा त्यस पार्टीको २० औँ त्रैबार्षिक सम्मेलनमा भाग लिन ओली शुक्रबार दिउँसो बंगलादेशको राजधानी ढाकातर्फ प्रस्थान गर्ने कार्यक्रम अन्तिम समयमा एमाले अध्यक्ष ओलीले रद्द गरे ।

पार्टीका सचिव कृष्णगोपाल श्रेष्ठले दिएको जानकारी अनुसार ‘मुलुकमा विकसित राजनीतिक घटनाक्रम’का कारण आजको भ्रमण स्थगित भएको हो । हिजोमात्र पार्टीको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले महाअभियोग प्रस्ताव बारे जानकारी दिँदै सबै सांसदहरुलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएका थिए । बैठकमा उनले निकै सोचविचार गरेर महाअभियोग प्रस्ताव ल्याइएको र त्यसबाट पछाडी फर्कन नसकिने बताएका थिए ।

प्रकाशित मिति: Oct 21, 2016

प्रतिक्रिया दिनुहोस्