Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 21, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री भन्छन् ‘अहिले खुकुरीको धारमा हिँड्नुपर्ने अबस्था छ’

pm-prachanda

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल  प्रचण्डले आफुले खुकुरीको धारमा टेकेर काम गरिरहेको बताएका छन् । विभिन्न पार्टीहरुसँगको एकता सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो काम कठिन भएको उनको भनाई थियो । प्रचण्डले नेपालको भूराजनीतिक अबस्थालाई ख्याल नदिदा विगतमा नेपालको विदेश नीति लड्खडाउन थालेको उल्लेख गर्दै प्रचण्डले आफुले अन्तराष्ट्रिय मंचहरुमा मार्फत सन्तुलित कुटनीतिक निर्माण गर्न लागेको बताए ।

‘पहिलो पार्टी भएको बेला जस्तो प्रधानमन्त्री होइन । त्यो भन्दा अहिले खुकुरीको धारमा हिडनुपर्ने पक्कै छ ।’ उनले भने, ‘तर, जनता र कार्यकर्ताको समर्थन छ । हामी सफल हुन्छौँ ।’ ‘तर, एक थरि परम्परागत मान्छेहरु माओवादीले एकताबद्ध गर्न खोजेको यो कुरा मन परेको छैन । विदेश नीति सन्तुलित गर्न खोजेको उनीहरुले रुचाएका छैनन् । अन्तराष्ट्रिय जगतमा नेपालको सम्मान बनाउन खोजेको उनीहरुलाई राम्रो लागेको छैन’ प्रधानमन्त्री प्रचण्डले भने, ‘झठा प्रचार गरेका छन् । षडयन्त्र गरेका छन् । पहिलो दिनदेखि षडयन्त्र भएका छन् ।’

प्रधानमन्त्री प्रचण्डले विकास र ठेक्कापट्टाको काम लिएर काठमाडौं आएका आफ्ना पार्टीका जिल्लातहका नेता–कार्यकर्तालाई गाउ पठाउने नयाँ सूत्र तार पारेको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले विकासका लागि गाँउमा पसा पठाएर कार्यकर्ताहरुलाई गाँउ पठाउने योजना बनाएको सुनाएका हुन् ।

‘हाम्रा धेरै साथीहरु काठमाडौं आएका छन् । उहाँहरुलाई कसरी गाँउ पठाउने भनेर मैले अर्थमन्त्री र योजना आयोगका उपाध्यक्षसँग कुरा गरे । त्यसपछि सरकारको धेरै भन्दा धेरै पैसा गाँउ पठाउँ, अनि ती साथीहरु विकास गर्न गाँउ फर्कन्छन् भन्ने भयो ।’ प्रधानमन्त्री प्रचण्डले काठमाडौंमा बसेका आफ्ना स्थानीय तहका नेता–कार्यकर्तालाई व्यङ्ग गर्दै भने, ‘साथीहरु यतिकै त जानुहुन्न । अव विकासका लागि अहिलेसम्म कसैले नपठाएको रकम गाँउमा पठाउछु । गाँउमा विकास गर्ने काम तपाईहरुको ।’

सरकार गरिव जनताको पक्षमा रहेको प्रधानमन्त्रीको भनाई थियो । उनले आफ्नो सम्बोधनमा दोस्रो पटक प्रधानमन्त्रीको हैसियतमा गरिवका लागि सरकार बनाउने आफ्नो योजना रहेको बताए । प्रचण्डले पुरक बजेट मार्फत सरकारलाई जनतातिर फर्काउने प्रयास भैरहेको बताए । विगतमा केही कारणले छुटेपनि अहिले सरकार र पार्टीलाईे आफ्नो बर्गतिर फर्काउन आफु लागिपरेको बताए । ‘माओवादी आन्दोलनलाई एकताबद्ध गर्दै सरकारलाई जनतातिर फर्काउने काम गर्दैछौँ’ उनले भने ।

प्रकाशित मिति: Oct 21, 2016

प्रतिक्रिया दिनुहोस्