Logo
२६ बैशाख २०८१, बुधबार
(October 21, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्व हिन्दु महासंघको बन्दसत्रमा कुटाकुट !

kutakut

काठमाडौं । विश्व हिन्दु महासंघको बन्दसत्रमा प्रतिनिधिहरुबीच कुटाकुट भएको छ । बन्दसत्रमा सहभागी केहि प्रतिनिधिहरुले पूर्वअध्यक्ष भरतकेशरी सिंहविरुद्ध हुटिङ गरेपछि तनाव सिर्जना भएको थियो। बन्दसत्रबाट भरतकेशरी शाहलाई नै पुनः सर्वसम्मत अध्यक्ष चयन गर्न खोजिएपछि असन्तुष्ट समुहले विरोध जनाएको र विरोधले उग्ररुप लिँदै झडप हुन पुगेको एक प्रतिनिधिले रातोपाटीलाई जानकारी दिए ।

झडपका क्रममा केहि व्यक्तिहरु घाइते भएका छन् । बन्दसत्र जारी राजधानीको कमलादीमा अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । हिजो बनकालीमा पूर्वराजा ज्ञानेन्द्र शाहले उद्घाटन गरेको महासम्मेलन आज नेतृत्व चयन र भोलि विराट हिन्दु महासम्मेलन काठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न गर्ने कार्यक्रम तय गरिएको छ ।

आक्रोशित समूहले बन्दसत्रमा भारतीय जनता पार्टीका नेता तथा सांसद आदित्यनाथविरुद्ध समेत नाराबाजी गरेका थिए । उनकै दवावमा सिंहलाई अध्यक्ष बनाउन खोजिएको बताइएको छ । महासंघभित्रका विशुद्ध हिन्दुवादी समूहले हिन्दु सम्मेलनको प्रयोग गरेर राजावादीहरुले राजतन्त्र फर्काउन खोजेको भन्दै विरोध गरिरहेका छन् ।

नेपालमा हिन्दु राष्ट्र र राजतन्त्र फरक विषय भएको तर राजावादीहरुले हिन्दुराष्ट्रकै आडमा राजतन्त्र फर्काउन खोजेको उनीहरुको आरोप छ । यसै कारणले भारतको सत्तारुढ विजेपीको हिन्दुवादी संस्था आरएसएसले समेत विश्व हिन्दु महासंघलाई मान्यता दिन छाडेको छ ।महासम्मेलनकी सचिव तथा प्रवक्ता अस्मिता भण्डारीले भने प्रतिनिधि नै नरहेका केहि व्यक्तिहरु बन्दसत्र हलभित्र बसेर उपद्रो मच्चाएको बताइन् ।

उनले बन्दसत्रबाट आजै भरतकेशरी शाहलाई अध्यक्षमा चयन गर्न लागिएको बताइन् । ‘प्रहरीले ति व्यक्तिहरुलाई नियन्त्रणमा लिएपछि अहिले बन्दसत्र निर्वाध रुपमा चलिरहेको छ, भण्डारीले भनिन् ।  तर, विद्रोही समुहका यम भण्डारीले एकलौटी ढंगले अध्यक्षको घोषणा गर्न खोजिएकाले विरोध गरिएको बताए । सँगै उनले यो निर्णय आफूहरुलाई कुनै पनि हालतमा मान्य नहुने बताए ।  सौजन्य रातोपाटी

प्रकाशित मिति: Oct 21, 2016

प्रतिक्रिया दिनुहोस्