Logo
७ बैशाख २०८१, शुक्रबार
(October 20, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारको आयु लम्बाउने चलखेलमा प्रचण्ड, आक्रमक बन्दै मधेशी मोर्चा !

1778757733काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष एवं वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहल ‘प्रचण्ड’सरकारको आयु लम्बाउने चलखेलमा जुटेका छन् ।

मधेशवादी दलको साथ जुटाई सरकार गठनमा सफल भएका प्रचण्डले, मधेशवादी दललाई बारम्बार संविधान संशोधन सहितका अन्य माग सम्बोधन गर्ने आश्वासन बाड्ने गरेतापनी माग पुरा गर्न भाका सारेको देख्दा उनी सत्ता लम्बाउने चलखेलमा उद्वत्त रहेको प्रष्ट देखिन्छ ।

मधेशीवादी दलसँगको वार्तामा उनले बारम्बार आश्वासन बाडेतापनी पुरा गर्न कुनै प्रयाश गरेको देखिदैन् । केही समय अघि सम्म दसैं, तिहार अघावै संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गराउने बताउँदै आएका  ‘प्रचण्ड’ले अहिले भने छठ पर्व पछि संविधान संशोधन गर्ने बताएका छन् । उनले संविधान संशोधनबारे प्रमुख विपक्षी नेकपा एमालेसहित सबै दलसँग सकारात्मक छलफल गरेर संविधान संशोधन छठ पछि गर्ने बताए ।

बुधबार सिंहदरवारमा बसेको माओवादी केन्द्र संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले छठ पर्वलगत्तै संविधान संशोधन गरेर आगामी चैतमा स्थानीय निकायको चुनाव गराउने दावी गरेपछि उनले यसअघि सारिरहेको भाकाले उनको बोलिमा विश्वास गर्ने आधार भने कुनै देखिदैन् ।

त्यस्तै, बैठकमा प्रचण्डले सिमांकन, नागरिकता लगायतका विषयमा संविधान संशोधनको गृहकार्य भइरहेको बताएका थिए । सिमांकनबाहेक अन्य विषयमा संशोधन प्रक्रियामा खासै समस्या नहुने उनले विश्वास व्यक्त गरेपनी त्यत्ती सहज भने देखिदैन् । उनले सिमांकनको विषयमा हालसम्म परिणाममुखी छलफल कसैसँग गरेको देखिदैन् ।

संविधान संशोधनको विषयमा मुख्यः प्रतिपक्ष दल एमाले कठोर बनेतापनी प्रचण्डले हालसम्म अ‍ैपचारिक रुपमा एमालेसँग छलफलनै गर्न नसक्नु उनको गम्भिर कमजोरी रहेको र उनी मधेशवादी दललाई आश्वासन दिने तर माग पुरा गर्न संवेदनशिल नबनेको जानकारहरु बताउँछन् ।

उता मधेशवादी दल भने आफ्नै शुर कस्न थालेका छन् । प्रचण्डले आश्वासनमा आफूहरुलाई भुलाएको भन्दै मधेशी मोर्चाका एक नेताले अब मोर्चा माग पुरा गराउन पुन बलिदानीपूर्ण आन्दोलनमा जाने चेतावनी दिए ।

प्रकाशित मिति: Oct 19, 2016

प्रतिक्रिया दिनुहोस्