Logo
८ बैशाख २०८१, शनिबार
(October 17, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यसरी गरियो थुम्पखारका जेष्ठ नागरिकहरुलाई सम्मान

sindhuथुम्पखार । मृत्युपस्चातको श्राद्द भन्दा जिउँदो छँदाको सम्मान भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै सिन्धुपाल्चोक जिल्ला, थुम्पाखर गाबिसका युवाहरुले दशैको अवसरमा जेष्ठ नागरिकहरुलाई दोसल्ला ओडाएर सम्मान गरेका छन् ।

बिजयादशमीको फुलपातीका दिन थुम्पाखर गाविस अन्तर्गतका वार्ड नं १,२,३, ४ र ९ गरी ५ ओटा वडाका ५० जना जेष्ठ नागरिकहरुलाई एक औपचारिक कार्यक्रम को आयोजना गरी दोसल्ला ओडाएर जनही १ हजार नगद सहित सम्मानित गरिएको थियो ।

स्थानिय मनकामना युवा क्लव र जनभावना थ्री स्टार युवा क्लवद्वारा संयुक्त रुपमा आयोजित सो सम्मान कार्यक्रममा स्थानिय ८७ बर्शिय  जेष्ठ नागरिक जय बहादुर भण्डारीलाई प्रमुख अतिथिको रुपमा आसन ग्रहण गराइ संचालन गरिएको सो कार्यक्रममा साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । ‘

उपहार सहितको चिठ्ठा बिक्री बितरण गरी  कार्यक्रमको संकलित रकमबाट जेष्ठ नागरिकहरुलाई सम्मान गर्नुका साथै स्थानीय ३ वटा बिद्यालयहरुलाई १० वटा कम्प्युटर खरिद गरी प्रदान गरिएको थियो । कार्यक्रममा उपस्थित जिल्ला वन पैदावार समितीका सदस्य रामकुमार थापाले मनकामना युवा क्लव मार्फत खेल मैदान बनाउन रु दशलाख बराबरको आयोजनाका लागि स्थानिय निकायमा पहल  गरिएको बताउनु भएको थियो ।

त्यस्तै सोही कार्यक्रमलाई सम्बोधन गर्दै समाजसेवी चक्र बस्नेतले दसैंलाई  मिठो खाने, राम्रो लाउने र मोजमस्ती मा रमाउने चाडको रुपमा मात्र नलिई थुम्पाखरका  युवाहरुले नयाँ सोच पस्केकोमा खुशी ब्यक्त गर्नु भएको थियो ।

‘गाउँ  बिकासका लागि सरकारको मात्र मुख ताकेर बस्ने संस्कारलाई त्याग्दै बिकासका कृयाकलापहरुमा युवाहरुनै जागृत हुनु पर्ने भन्दै स्थानीयवासी  यज्ञराज कार्कीले सो कार्यक्रमले  युवा जागरणको संकेत गरेकोमा खुशी ब्यक्त गर्नु भयो ।

सोही कार्यक्रमका अवसरमा आफ्नो पवित्र कार्यद्वारा  थुम्पाखर गाविसलाई योगदान दिने ४ जना ब्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो । थुम्पाखर निवासी  रंगकर्मी नानी थापा (लक्ष्मी), कराँते खेलाडी मदन भण्डारी, आर्थिकशास्त्रका स्वर्ण पदक बिजेता कमल बस्नेत र समाजसेवी रामशरण कार्कीलाई कदर पत्र प्रदान गरी  दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।

त्यस्तै कार्यक्रमको लागि बिशेष आर्थिक सहयोग गरेवापत सिंगापुर प्रहरीमा कार्यरत  शिव बुढा मगर र दोलखा उद्द्योग बाणिज्यसंघ का सदस्य ईन्द्र श्रेष्ठ लगाएत बिनोद कार्की, राम चन्द्र कार्की, मधुराम कार्की, मोहन बिक्रम कार्की र अजित गुरुङ्ग लगाएतलाई प्रसंशा पत्र वितरण गरिएको थियो ।

सम्मान प्राप्त गरेपस्चात ‘जुनकिरी’ नाटककी एकल  पात्र  नानी थापाले आफु जन्मेको गाउँले आफ्नो कलाको सम्मान गरिदिएकोमा खुशी प्रकट गर्दै  आफ्नो कलाकारिता मार्फत आफ्नो  गाउँको नाम उच्च राख्न प्रयास गरिरहने बताउनु भयो । करिव ६०० जना स्थानियवासीहरुको उपस्थिती रहेको सो कार्यक्रममा स्थानीय बिद्यालयका बालबालिकाहरुले गीत,न्रित्य र नाटक समेत प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति: Oct 17, 2016

प्रतिक्रिया दिनुहोस्