Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 15, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विद्यादेवी राष्ट्रपतीको कुर्चीमा पुग्दा जीवराज आश्रितकी पत्नीले भने २३ बर्षपछि बल्ल पाइन नयाँ घर

ghar-mayakoकाठमाडौं, २९ असोज । जीवराज आश्रितकी पत्नी माया ज्ञावलीले दसढुंगा घटना घटेको २३ बर्षपछि नयाँ घर पाएकी छन् ।
उनी यसभन्दा अघि डेरामा बस्दै आएकी थिइन ।

०५० साल जेठ ३ गते दासढुंगामा भएको रहस्यमय दुर्घटनामा परी एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन बिभाग प्रमुख जीवराज  आश्रितको निधन भएको थियो । माया ज्ञावली आश्रितकी धर्मपत्नि हुन । मदन भण्डारीकी श्रीमति विद्यादेवी भण्डारी भने अहिले राष्ट्रपति छन् ।

माया, लामो समय देखी राजधानीको चाबहिलमा डेरामा बस्दै आएकी थिईन । एमाले काठमाडौ जिल्ला कमिटीले बिभिन्न क्षेत्रबाट सहयोग जुटाएर यो घर निर्माण गरीदिएको हो । शुक्रबार उनलाई एक कार्यक्रमको आयोजना गरी पूर्बप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले सो घर हस्तान्तरण गरेका छन् ।

सो घर प्राप्त गरेपछि मायाले सहयोग गर्ने पार्टी र दाताहरुलाई धन्यवाद ज्ञापन गरिन । कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले यो एउटा असाधरण काम भएको बताए । उनले कुसल संगठन जिवराज आश्रित कामउने काममा नलागि देश र जनताको पक्षमा लागेको बताए। उनले मायालाई यसरी सहयोग गरेकोमा पार्टीका बिभिन्न कमिटीलाई समेत धन्यवाद दिए ।

०५१ सालमा तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले सहिद परिवालाई जग्गा उपलब्ध गराउने निर्णय गरे अनुरुप सरकारले सो जग्गा उपलब्ध गराएको एमाले उपत्यका समन्वय कमिटीका संयोजक सानु श्रेष्ठले बताए । सरकारले जग्गा उपलब्ध गराए पनि मायाको आर्थिक अवस्था कमजोर भएका कारण सो ठाँउमा घर निर्माण हुन सकेको थिएन ।अखिल नेपाल महिला संघ, एमाले उपत्यका समन्वय कमिटी, काठमाडौ जिल्ला कमिटीले घर निर्माणका लागि पहल गरेका थिए ।

यसमा पार्टीका शिर्ष नेताहरुसग समेत पटक पटक परमर्श गरेको घर निर्माण समितिका अध्यक्ष तुलसी थापाले बताईन। एमाले काठमाडौ जिल्ला कामिटीले महिला नेतृ तुलसी थापाको अध्यक्षतामा सात सदस्य घर निर्माण समिति गठन गरेको थियो । निर्माण समितिको पहलमा २०७१ साल मंसिरमा सो घरको शिलान्यास गरिएको थियो । त्यसपछि भुकम्प लगायत बिभिन्न कारणले आर्थिक सहयोग जुटन नसक्दा निर्माणले गति लिन सकेको थिएन ।

एमोलेको पहलामा सो अष्ट्रेलियमा बिभिन्न काम गरेर बस्ने राधिका पोखरेलले २९ लाख आर्थिक सहयोग उपलव्ध गराए पछि निर्माणले गति लिएको थियो। माया ज्ञावली र जीवराज आश्रितको बिबाह आफ्रनै माईती गाँउको झुपडीबाट भएकोले आफुसग भावनात्मक सम्बन्ध रहेकोले उनका सुख दुखमा आफु सधै सहयोगी बनेको निर्माण समितिका अध्यक्ष थापाले बताइन । सो घर परिसरमा स्व आश्रितको शालिक समेत स्थापना गरिएको छ ।

प्रकाशित मिति: Oct 15, 2016

प्रतिक्रिया दिनुहोस्