Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 15, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चितवनबाट शशांकको उद्घोष,‘हिन्दुराष्ट्रबारे निर्वाचन पछि जनमत संग्रह गछौं’

dr-shashanka-koiralaचितवन, २९ असोज । काग्रेस महामन्त्री डा. शशांक कोइरालाले हिन्दु राष्ट्रबारे जनमत संग्रह हुने बताएका छन् । कांग्रेसले धर्मनिरपेक्षता सहितको संविधानमा हस्ताक्षर गरेपनि सत्तारुढ दलका नेता  कोइरालाले  हिन्दु राष्ट्रको विषय जनमत संग्रहबाटै टुङग्याउनुपर्ने बताए ।

नेपाल प्रेस युनियन चितवन शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले धर्म भनेको निरपेक्ष, सापेक्ष वा शुन्य नहुने बताउँदै धर्म स्वतन्त्र हुने भन्दै यो विषयलाई जनमत संग्रहबाट टुङग्याउनु पर्नेमा उनले जोड दिए ।

कांग्रेस महामन्त्री कोइरालाले हिन्दु राष्ट्रका सम्बन्धमा आफुलाई विवाद हुने कुरा नबोल्न पार्टीका नेताहरुले दबाव दिएको समेत खुलाउँदै  उनले आफु हिन्दुहरु नै धेरै भएको कपिलवस्तुको क्षेत्रबाट अत्याधीक मतले चुनाव जितेकोले जनताको मागलाई दलहरुले बुझ्नुपर्ने बताए ।

अहिले संविधान कार्यान्वयनको बेला भएको भन्दै उनले धर्मको यो विषय चुनावपछि टुङ्गो लागाउनुपर्ने बताए । उनले ‘मेरै गोरुको बह्रै टक्का’ भन्नुभन्दा पनि राष्ट्रको सफलताको प्रतिकका लागि तीन दलहरु मिल्नुको विकल्प नभएको कोइरालाको जिकिर छ । चुनवा पछि यि विषयलाई जनमतसंग्रहबाटै टुङग्याउन पार्टीलाई आफूले दबाब दिने समेत कोइरालाको जिकिर छ ।

तीनवटा चुनाव भएमात्रै संविधान कार्यान्वयनका लागि सम्भव हुने भन्दै संविधान संशोधन गर्न कांग्रेस प्रतिवद्ध रहेको कोइरालाले बताए ।
आगामी कात्तिक ४ गते कांग्रेसले केन्द्रीय कार्य समितिको बैठकबाट मधेसी दलका कुन मागहरुमा सहमत हुने र कुनमा नहुने भन्नेबारे टुंगो लगाउने कोइरालाले जानकारी दिए । उनले अहिलेको सरकार फेरेर समस्या समाधान नहुने भन्दै अहिल  तीन दल मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: Oct 15, 2016

प्रतिक्रिया दिनुहोस्