Logo
१६ चैत्र २०८०, शुक्रबार
(October 7, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्थानीय तह पुनर्संरचना छिटो सक्न एलडीओको दशैंको बिदा काटियो

काठमाडौं । देशभरीका स्थानीय विकास अधिकारी(एलडीओ) हरले यसपालिको दशैंतिहारको विदामा समेत कार्यालयमा नियमतिक काम गर्नुपर्ने भएको छ ।

pingस्थानीय तह पुनर्संरचना कार्य छिटो सक्न सरकारले एलडीओहरुलाई सार्वजनिक विदामा समेत काम गर्न निर्देशन दिएको आजको राजधानी दैनिकमा समाचार छ ।

एलडीओहरुलाई समबन्धित जिल्लाको स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिको संयोजक बनाइएको छ । हाल सोही समितिको समन्वयमै जिल्ला जिल्लामा स्थानीय तह पुनर्संरचना कार्य भइरहेको छ ।

स्थानीय तह निर्कारण कार्य तीव्र गतिमा भए स्थानीय तह पुर्संरचना आयोगले आगामी कात्तिकभित्र प्रारम्भिक प्रतिवेदन दिने सरकारको अपेक्षा छ ।

प्रकाशित मिति: Oct 7, 2016

प्रतिक्रिया दिनुहोस्