Logo
२५ बैशाख २०८१, मंगलबार
(October 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिद्धार्थ बैंकको पोखरा नयाँ सडक शाखा नयाँ भवनमा

काठमाडौ, २० असोज । सिद्धार्थ बैंकले पोखराको नयाँ सडकस्थित आफ्नो शाखा कार्यालयलाई बुुधबारबाट साविकको शाखा कार्यालय भवनभन्दा करीब ५०० मिटर उत्तरतर्फ सेलवेज टावरमा स्थानान्तरण गरेको छ ।

शाखा स्थानान्तरण कार्यक्रमको उद्घाटन नेपाल राष्ट्र बैंक, पोखराका निर्देशक चिरञ्जीवी चापागाईं र बैंकका सञ्चालक समितिका सदस्य दिनेश शंकर पालिखेले संयुक्त रुपमा गर्नुभएको थियो ।

उच्चस्तरिय भौतिक सुविधासहित पोखराको प्रमुख व्यापारिक केन्द्रमा अवस्थित यस नयाँ शाखा कार्यालयमार्फत् बैंकले आफ्ना ग्राहकहरुलाई अझै छिटो, छरितो र सर्वसुलभ ढंगले सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।

प्रकाशित मिति: Oct 6, 2016

प्रतिक्रिया दिनुहोस्