Logo
१६ चैत्र २०८०, शुक्रबार
(October 3, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘प्रहरीमाथि मुद्दा चलाउन अन्तर्राष्ट्रिय अदालतसम्म जान्छौं’

dipendra-jha

जलेश्वर १६ असोज । तराई मानव अधिकार रक्षक संजाल (थर्ड एलायन्स) का अध्यक्ष तथा अधिवक्ता दीपेन्द्र झाले प्रहरीमाथि मुद्दा चलाउन अन्तर्राष्ट्रिय अदालतसम्म जाने बताएका छन् । आइतबार जलेश्वरमा सम्पन्न थर्ड एलायन्सको ५औं साधारणसभा अधिवक्ता झाले मधेश आन्दोलनमा मारिएकाहरुका परिवारहरुसँग आफ्नो प्रत्यक्ष सम्पर्क रहेको बताउँदै महोत्तरीका रामविवेक यादवका परिवारका साथै अन्य परिवारहरुसमेत प्रहरीमाथि मुद्दा चलाउन तयार रहेको अवस्थामा थर्ड एलायन्सले यसलाई अन्तर्राष्ट्रिय अदालतसम्म लैजाने बताए ।

तराईमा अन्य ठाउको तुलनामा अध्यधिक मानव अधिकारको हनन भईरहेको वेला थर्ड एलायन्सले त्यसता घटनाहरु उजागर गरि पिडितहरुलाई न्याय दिलाउन महत्वपुर्ण भुमिका निभाएकोमा कार्यक्रममा उपस्थित व्यक्तित्वहरुले एलायन्सको प्रगतीको कामना गरेका थिए । अधिवक्ता झाले भने, ‘मधेश आन्दोलनभन्दा पनि पहिले दुई जनालाई प्रहरीले एन्काउन्टर गरि मारेकोमा ति दुवै मुद्दामा हामीले पहल गर्दा ति मुद्दामा पुनरावेदन अदालतबाट परमादेश जारी भएको छ ।’ नेपाल पत्रकार महासंघको सभाकक्षमा थर्ड एलायन्सका अध्यक्ष मनोज चौधरीको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।

नेपाल पत्रकार महासंघका पुर्व सभापति दशरथ भण्डारीले समेत शुभकामना मन्तव्य दिदै थर्ड एलायन्सको कार्य सराहनिय भएको भन्दै यस्ता कार्यहरुको निरन्तरताको कामना समेत गरेका थिए । कार्यक्रमको संचालन मानवअधिकार अधिकृत किरण कुमार कर्णले गरेका थिए ।

प्रकाशित मिति: Oct 3, 2016

प्रतिक्रिया दिनुहोस्