Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 3, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दशै–तिहारको शुभकामना कार्ड नछाप्न निर्देशन ! 

dasain-gretting-card-295x300

काठमाडौं, १७ असोज । त्रिभुवन विश्वविद्यालयले आफ्ना मातहतका सबै निकायलाई शुभकामना कार्ड छपाइ नगर्न परिपत्र गरेको छ ।

शुभकामनाको नाममा फजुल खर्च हुने भन्दै विश्वविद्यालयले ६० आंगिक, विभिन्न अनुसन्धान केन्द्र, डीन कार्यालय र क्याम्पसलाई निर्देशन दिएको हो ।

शिक्षा मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगले त्रिविलगायत सबै विश्वविद्यालयलाई पत्र पठाएर दशैं, तिहार, नयाँ वर्षलगायतका चाडपर्वमा शुभकामना कार्ड छपाइ गरेर वितरण नगर्न लिखित निर्देशन दिएपछि त्रिविले सबै निकायलाई परिपत्र गरेको हो । आजको नेपाल समाचारपत्रमा खबर छ ।

प्रकाशित मिति: Oct 3, 2016

प्रतिक्रिया दिनुहोस्