Logo
१९ बैशाख २०८१, बुधबार
(October 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ताला फोडेर धनुषका जिविस प्रमुखले  गरे पहिलो दिनको हाजिरी 

दोहरो करको विरोधमा जिविस धनुषाका स्थानीय विकास अधिकारीको कार्यकक्षमा तालाबन्दी गर्दै व्यावसायी संघका पदाधिकारीहरु ।
दोहरो करको विरोधमा जिविस धनुषाका स्थानीय विकास अधिकारीको कार्यकक्षमा तालाबन्दी गर्दै व्यावसायी संघका पदाधिकारीहरु ।

जनकपुर ।  कार्यालय प्रमुखको आगमनमा मातहातका कर्मचारीहरु अबिर जात्रा गर्छन् । फूलको गुच्छा अर्पण गरेर स्वागत गर्छन् । शुभसाईतमा हाजिर गराउँछन् । जिविस धनुषाको बहालवाला बालुवा, गिटी, ढुङ्गा, ग्रेभेल, बोल्डरका ठेकेदार रामकेवल साहले निर्धारित बिक्री कर सूचिभन्दा अधिक तथा दोहरो कर संकलन गरेको उल्लेख गर्दै स्थानीय ट्रक व्यावसायीहरुले आइतबारै स्थानीय विकास अधिकारीको कार्यकक्ष एवं कर शाखामा तालाबन्दी गरेका थिए ।

तर जिल्ला विकास समिति धनुषाका स्थानीय विकास अधिकारीसँग यस्तो केही भएन । उनले अफ्नो कार्यकक्षमा लगाइएको ताला फोड्न लगाएर आइतबार पहिलो दिनको हाजिर गर्नुपर्‍यो । ट्रक व्यावसायीहरुले तालाबन्दी गरेको केही घन्टा भित्रै पहिलोपटक हाजिर हुन कार्यालय पुगेका स्थानीय विकास अधिकारी सान्ताबहादुर सुनुवारले कार्यकक्षमा लगाइएको तला फोड्न लगाएर हाजिर गर्नु परेको थियो । सुरक्षार्थ खटेका सुरक्षाकर्मीहरुले ताला फोडेर सुनुवारलाई कार्यकक्षमा लगेका थिए ।

जिविस कर्मचारीहरुका बीच चरम गुटवन्दी विद्यमान छ । स्थानीय विकास अधिकारीलाई स्वागत गर्न एक पक्षका कर्मचारीहरु उत्साहित देखिन्थे भने अर्को पक्षका कर्मचारीहरु दुखी देखिएका थिए । जिविस धनुषाले २०७३ आसिन १ गतेदेखि ०७४ जेठ मसान्तसम्मका लागि जिल्ला भित्रका औरही, चारनाथ, वडहरी तथा निजी जग्गा समेतको वालुवा, गिटी, ग्राभेल तथा बोल्डरको बिक्री कर संकलन गर्न न्यु गढीमाई विल्डर्सका संचालक रामकेवर साहलाई ठेक्का दिएको छ । ठेकेदार साहले तोकेको दर रेटभन्दा अधिक कर उठाएको उल्लेख गर्दै ट्रक व्यावसायीहरु विरोधमा उत्रेका हुन् ।

ट्रक व्यावसायी संघका वरिष्ठ उपाध्यक्ष सुशील शर्माका अनुसार एक ट्रेलर कालुवा गिटीको भ्याट काहेक ६ सय ४८ रुपैयाँ शुल्क लिनु पर्नेमा ठेकेदारले १ हजार रुपैयाँ असुल गर्दै आएको छ । यस्तै१० पांग्रे ट्रकको ९ सय लिनु पर्नेमा १ हजार २ सय तथा ट्रेक्टरको १ सय ९० लिनुपर्नेमा ३ सय ५० रुपियाँ असुल गर्दै आएको छ । ठेकेदारले भ्याट बिल समेत नदिएको ट्रक व्यावसायीहरुको गुनासो छ ।

ठेकेदारले बलजफ्ती कर असुली गरेको भन्दै ट्रक तथा बालुवा, गिटी, ग्रेभेल व्यावसायीहरुले जिविस धनुषा, जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयलाई पटकपटक ध्यानाकर्षण गराए पनि कुनै सुनुवाई नभएको ट्रक व्यावसायी संघ अन्तर्गतका ट्रिपर उपसमिति संयोजक लक्ष्मण महासेठले बताए ।

प्रकाशित मिति: Oct 2, 2016

प्रतिक्रिया दिनुहोस्