Logo
१५ चैत्र २०८०, बिहीबार
(October 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारी कर्मचारी बोक्ने सवारी र स्कुल बसले दसैँमा यात्रु बोक्ने

school-bus-used-

काठमाडौँ । दसैँमा घर जान टिकट नपाउने यात्रुका लागि यातायात व्यवस्था विभागले निजी विद्यालय एवम् काठमाडौँ उपत्यकामा सरकारी कर्मचारी बोक्ने सवारी साधन प्रयोग गर्ने भएको छ । विभागका प्रवक्ता वसन्त अधिकारीले सार्वजनिक रुपमा सञ्चालन हुने सवारी साधन सबै दसैँका समयमा चलाउन यातायात व्यवसायीलाई अनुरोध गरेको बताए ।

उनले भने ‘ग्यारेजमा थन्किएका चलाएर उपत्यका बाहिर जाने यात्रुलाई सुविधा दिनु उपयुक्त हुन्छ, व्यवसायीले सवारी ग्यारेजमा राख्नुहुन्न।’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सवारी ग्यारेजमा थन्क्याएर नराखेको जिकिर छ । महासङ्घका महासचिव सरोज सिटौलाका अनुसार मुग्लिन–नारायणघाट ३६ किमी सडक निर्माणाधिन भएकाले सवारी आउन ढिला हुने गरेको बताए ।

“कलङ्कीदेखि नागढुङ्गासम्मको खाल्डाखुल्डी मात्र टालिदिने हो भने पनि सवारी आवागमनमा चार घन्टा छिटो हुने थियो”–उनले भभने । धेरै यात्रुले फूलपातीपछिकै टिकट खोज्दा अभाव भएको विभागले जनाएको छ । दसैँमा घर जान चाहने यात्रु सवारीकै कारण नरोकिने गरी व्यवस्था गर्न विभागले गृहकार्य गरिरहेको प्रवक्ता अधिकारीले बताए । रासस

प्रकाशित मिति: Oct 2, 2016

प्रतिक्रिया दिनुहोस्