Logo
१५ चैत्र २०८०, बिहीबार
(October 3, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजाकै हैसियतमा ज्ञानेन्द्र शाहले पचली भैरबमा खड्ग चढाए !

raja-news

काठमाडाैं । आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहले पचली भैरबमा खड्ग चढाएका छन्। उनले राजाकै हैसियतमा उक्त खड्ग चडाएका हुन्। प्रत्येक १२-१२ वर्षमा खड्ग चढाउने चलन भएपनि यसपटक भने १५ वर्षपछि चढाइएको हो । दैवी शक्ति सिद्ध गर्न, कुनै पनि शुभ कार्य पूरा होस् भनी कामना गर्न पचली भैरवको विशेष पूजा गर्ने गरिन्छ ।

यो अवसरमा पचली भैरवमा जात्रा पनि निकाल्ने चलन समेत छ । मल्ल राजा गुणकामदेवको पालदेखि जात्रा निकाल्न थालिएको विश्वास गरिन्छ । देशमा राजा नभएपछि उक्त खड्ग कसले चढाउने भन्ने अन्योल रहेको अवस्थामा तीन वर्ष ढिलो गरी चढाइएको हो ।

शाहका प्रेस सल्लाहकार फणिराज पाठकले स्थानीय गुठियाररहरुको आग्रहमा शाहलाई राजाकै हैसियतमा खड्ग चढाउन अनुमति दिएको बताए । पछिल्लो पटक वि.सं. २०५८ सालमा उक्त मन्दिरमा राजाको हैसियतमा ज्ञानेन्द्रले नै खड्ग चढाएका थिए।

प्रकाशित मिति: Oct 2, 2016

प्रतिक्रिया दिनुहोस्