Logo
१३ बैशाख २०८१, बिहीबार
(October 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खेर गयो एमालेको रोदन: चीन र भारतका लागि राजदूत चयन !

Deepkumar News

काठमाडौं १६ असोज । चीनका लागि नेपाली राजदूतमा सिफारिस लिलामणी पौडेलको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको छ ।संसदीय विशेष सुनुवाई समितिको आइतवारको बैठकमा पौडेलको नाम सर्वसम्मत भएको हो । समितिका सभापति केबी गुरुङले पौडेलको नाम अनुमोदनका लागि प्रस्ताव गर्दा सबै सदस्यले सहमति जनाएपछि उनी सर्वसम्मत भएका हुन् । लिलामणी पौडेल नेपाल सरकारका पूर्वमुख्य सचिव हुन् ।

तर भारतका लागि राजदूत सिफारिस भएका दिपकुमार उपाध्यायको नाममा भने सर्वसम्मति हुन सकेन । एमालेका सांसदहरुले उपाध्याय मुलुकको दूत भन्दा पनि अर्कै देशको हितमा काम गर्ने व्यक्ति भएको भन्दै उनको नाममा सर्वसम्मति गर्न नसकिने बताए । एमालेका सांसदहरुको असहमतिका बीच बहुमतबाट उपाध्यायको नाम अनुमोदन भएको छ । राजदूतको नाम अनुमोदन गर्दा यसरी समिति नै बिभाजित भएको यो सम्भवतः पहिलो पटक हो ।

आफूहरुको असहमति सांकेतिक रहेको भन्दै एमाले प्रमुख सचेतक भानुभक्त ढकालले संसदीय सुनुवाइमै सर्वसम्मत हुन नसकेका व्यक्तिले समग्र देशको प्रतिनिधित्व गर्न नसक्ने बताए । उपाध्यायलाई तत्कालिन केपी ओली नेतृत्वको सरकारले भारतको राजदूतबाट फिर्ता बोलाएको थियो ।

उनीमाथि भारतमा बसेर नेपाल विरुद्ध गतिबिधि गरेको र सरकार ढाल्ने षडयन्त्रमा लागेको आरोप लगाइएको थियो । उपाध्याय नेपाली कांग्रेसका नेता हुन् । पूर्वमन्त्री समेत रहेका उनी गत संविधानसभा चुनावमा कपिलबस्तु १ मा एमालेका बलराम अधिकारीसँग पराजित भएका थिए ।

प्रकाशित मिति: Oct 2, 2016

प्रतिक्रिया दिनुहोस्