Logo
१३ बैशाख २०८१, बिहीबार
(October 1, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब  चिनले रोक्यो भारतहुँदै बंगलादेश बग्ने नदी !

nadi-news

एजेन्सी, चिनले तिब्बतको ब्रहमपुत्रको सहायक नदीको पानि रोकेको छ । समाचार एजेन्सिहरुका अनुसार उसले विद्युत परियोजना निर्माणका लागि उक्त नदिको पानि रोकेको बताएको छ । योसँगै उक्त पानि सिचाँईका लागि प्रयोग गर्ने र यसले बाढीलाई समेत नियन्त्रण गर्न सकिने योजनामा चिन रहेको छ ।

तर यसले भारतलाई धेरै ठुलो असर गर्ने छ , किन भने भारतका लाखौँ मानिसहरुले यही नदिको पानी उपभोग गरिरहेका छन् । बंगलादेशमा समेत यसको असर पुग्ने छ । चिनको तिब्बतबाट भएर बग्ने ब्रहमपुत्र नदिको पानी भारतको पुर्विराज्यहरु अरुणञ्चल र आसाम हुँदै बंगलादेशसम्म पुग्दछ ।

चिनले यो नदिबाट बिजुली निकाल्नका लागि सन २०१४ मा नै परियोजनाको सुरुवात गरिसकेको थियो र २०१९ सम्ममा सकाईसक्ने लक्ष्य राखेको थियो । भारत–पाकिस्तानबीचमा चर्को मनमुटाव र भारतले पाकिस्तानसँग गरेको धेरै वर्ष पुरानो सिंधु जल सम्झौताको पुनविचार गर्नलागि रहेका बेला चिनले यो निर्णय लिएको हो ।

भारतको प्रशासित जम्मु कश्मीरको उडीमा भएको एक हमलामा परि भारतीय सैनिकका १९ जना फौँजीको मृत्यु र त्यसपश्चात भारतले पाकिस्तानसँग बदला लिनका लागि आक्रमणको प्रयास गरि रहेका बेला चिनले लिएको यस निर्णयलाई महत्वपुर्ण ढंगबाट हेरिएको छ ।

प्रकाशित मिति: Oct 1, 2016

प्रतिक्रिया दिनुहोस्