Logo
१५ बैशाख २०८१, शनिबार
(October 1, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्र संघले उठायो ‘भारतीय सर्जिकल स्ट्राइक’ माथि प्रश्न

india-news
न्यूयोर्क । संयुक्त राष्ट्र संघले नियन्त्रण रेखामाथि सर्जिकल स्ट्राइक गरेको भारतीय दावीमाथि प्रश्न उठाएको छ । संयुक्त राष्ट्र संघका महासचिव बान की मूनका प्रवत्ता स्टीफान दुजारिकले भनेका छन कि संयुक्त राष्ट्रको सैन्य अनुगमन दलले भारत र पाकिस्तानको नियन्त्रण रेखामा कुनै गोलीबारी देखिएको छैन ।

बानकी मूनका प्रवत्ताले भने, ‘संयुक्त राष्ट्र संघको सैन्य अनुगमन दलले भारत–पाकिस्तान सीमामा सिधा गोलाबारी भएको देखेको छैन । संघर्ष विरामको अथित उल्लंघनवारे हामीलाई जानकारी मिलेको छ । यस विषयमा अ‍ैन्य अनुगमन टोलीले सम्बन्धित अधिकारीहरुसँ वार्ता गरिरहेको छ । ’

राष्ट्र संघको सैन्य अनुगमन दलले भारत र पाकिस्तानकाबीच नियन्त्रण रेखामा १९७१ मा लागु भएको संघर्ष विरामको निगरानी गर्दै आएको छ । उता, संयुक्त राष्ट्र संघमा भारतका दूत सैय्यद अवबरउद्दीनले राष्ट्र संघको दावीलाई खारेज गर्दै भनेका छन्–सच्चाई कसैले देख्ने र नदेख्नेमा बदलिदैन ।

उनले भनेका छन्, ‘जुन तथ्य हो, त्यो कसैले देख्ने वा नदेख्नेमा बदलिदैन ।हामीले तथ्य राखेका छौँ र उसमा कायम छौँ ।’ भारतले पाकिस्तान प्रशासित कश्मीरमासर्किकल स्ट्राइक मार्फत त्यहाँ चरेका चमरपन्थीहरु मारेको दावी गरेको थियो । पाकिस्तानले भने यो दावी खारेज गरेको थियो । पाकिस्तानले आफ्ना दुई सैनिक मारिएको भने बताएको थियो । #बीबीसी हिन्दी

प्रकाशित मिति: Oct 1, 2016

प्रतिक्रिया दिनुहोस्