Logo
११ बैशाख २०८१, मंगलबार
(September 30, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अस्मिता सुमार्गी बाल सारथीको अध्यक्षमा निर्वाचित

bal-sarathiकाठमाडौं । बाल सारथिको सप्पन्न निर्वाचनमा समाजसेवी अस्मिता सुमार्गी निर्विरोध निर्वाचित हुनु भएको छ । यसैगरी उपाध्यक्षमा कमला ओली, महासचिवमा भावना ढुङ्गेल, सचिवमा रेखा बस्ताकोटी र कोषाध्यक्षमा दीपा प्याकुरेल निर्वाचित हुनु भएको छ ।

यसैगरी सदस्यहरुमा क्रमशः रमा उप्रेती र दक्षा अर्याल निर्वाचित हुनु भएको कुरा निर्वाचन अधिकृत राधेश्याम लेकालीले सम्प्रेषण गर्नु भएको विज्ञप्तिमा उल्लेख छ । सस्थाको १० औ साधारणसभाले दुई बर्षको लागि निर्वाचित गरेको नव कार्यसमितिका अध्यक्ष सुमार्गीले सबै सदस्यहरुलाइ धन्यवाद ज्ञापन गर्दै सस्थाको उन्नयन र विकासको लागि विभिन्न रचनात्मक योजनाहरु गर्ने बताउनु भयो ।

यस अघि पुर्व अध्यक्ष माला खरेलले सस्थाको गतिविधि र कार्ययोजनाबारे र कोषाध्यक्ष रमा उप्रेतीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । साधारणसभाले वरिष्ठ समाजसेवी एव उद्योगपति अजेय सुमार्गी र पुर्व अध्यक्ष माला खरेललाइ सस्थाको सरक्षकमा मनोनयनसमेत गरेको छ ।

सरक्षक माला खरेल बालसारथी एकेडमीका अध्यक्ष पनि हुनुहुन्छ । कार्यक्रममा अध्यक्ष अस्मिता सुमार्गी, उपाध्यक्ष कमला ओली, पुर्व अध्यक्ष माला खरेल, सल्लाहकारहरु नवराज लामिछाने र राजन घिमिरे, निर्वाचन अधिकृत राधेश्याम लेकालीलगायतले मन्तब्य राख्नु भएको थियो ।

बाल सारथिले ७५ जना सडकका बालबालिकालाई पढ्ने ब्यवस्था, बागमती सफाइ अभियानमा निरन्तर योगदान गर्दै अन्य विभिन्न सामाजिक दायित्व वहन गर्दै आएको छ । यो सस्थाले पशुपति क्षेत्रलाई सडक बालबालिका मुक्त क्षेत्र बनाउने अभियानमा समेत जुटेको छ ।

प्रकाशित मिति: Sep 30, 2016

प्रतिक्रिया दिनुहोस्