Logo
१७ मंसिर २०७९, शनिबार
(September 28, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सांसदहरूको मासिक तलब–भत्ता अब ७८ हजार

CA-Bicc_2nd-Nepal

काठमाडौं, असोज १२  ।  सांसदहरूले पाउँदै आएकोे भत्ता बापतको रकम बढाएर ७८ हजार रुपैयाँ पुर्याउने प्रस्ताव अर्थ मन्त्रालयले स्वीकृति दिएको छ । २०५२ सालमा कायम रहेका भत्ता रकम अपुग भएको भन्दै सांसदहरूले आवाज उठाएपछि भत्ता रकम बढाउन लागिएको हो ।भत्ता बढाउन कानुन मन्त्रालयले गरेको प्रस्ताव अर्थ मन्त्रालयले स्वीकृत गरेपछि सांसदहरू भत्ता बढाउनेसम्बन्धि विधेयक अघि बढेको हो ।

सांसदको भत्ता बढाउनेबारे सिफारिस गर्न प्रमुख सचेतक सम्मिलित समिति गठन भएको थियो । समितिका संयोजक एमाले संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकाल थिए भने नेपाली कांग्रेसका तर्फबाट चिनकाजी श्रेष्ठ, नेकपा माओवादी केन्द्रका हितराज पाण्डे, राप्रपा नेपालका दिलनाथ गिरी, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका योगेन्द्र चौधरी, संघीय समाजवादी फोरमका शिवजी यादव र राष्ट्रिय प्रजातन्त्र पार्टीका परशुराम तामाङ थिए ।

समितिले केपी ओली नेतृत्वको सरकारका कानुन न्याय तथा संसदिय मामिला मन्त्री अग्नि खरेललाई आफ्नो प्रतिवेदन समेत बुझाएको थियो । समितिले सांसदहरूका लागि घर भाडाबापत २५ हजार रुपैयाँ, पत्रपत्रिकाको लागि ३ हजार रुपैयाँ, बैठक चलेको दिनको भत्ता पाँच सय रुपैयाँ, बैठक चलेको दिनको ट्याक्सी भाडा बापत एक हजार रुपैयाँ प्रस्ताव गरेको थियो । केपी ओली नेतृत्वको सरकार बिघटन भएपछि यो प्रक्रिया रोकिएको थियो ।

नयाँ सरकार बनेपछि कानुन मन्त्रालयले यो प्रस्ताव अर्थ मन्त्रालयमा पठाएको थियो। अर्थ मन्त्रालयले संशोधनसहित सांसदको भत्ता रकम स्वीकृत गरेको स्रोतले जनाएको छ।

अर्थ मन्त्रालयले स्वीकृत गरेको सांसदहरूको भत्ता रकम यस्तो छ:
घरभाडाका लागि १८ हजार रुपैयाँ
पत्रपत्रिकाको लागि ३ हजार रुपैयाँ
पानी,बत्तीका लागि २ हजार रुपैयाँ
ट्याक्सी भाडाका लागि १ हजार रुपैयाँ(बैठक बसेको दिनको मात्र)
बैठक भत्ता ५ सय रुपैयाँ (बैठक बसेको दिनको मात्र)

प्रकाशित मिति: Sep 28, 2016

प्रतिक्रिया दिनुहोस्