Logo
१३ बैशाख २०८१, बिहीबार
(September 28, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रस्तावित राजदूत पौडेलले भने ‘चीनसँग सम्झौता गर्दा अरुलाई सोध्नु पर्दैन’

lila-mani-pokhrel

काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरुको आज संसदीय सुनुवाइ गरेको छ । सुनुवाइमा चीनका लागि प्रस्तावित राजदूत लीलामणि पौडेलले चीनसँग भएको सम्झौता कार्यान्वयनका लागि आफूले राजदूत पद स्वीकार गरेको बताएका छन ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सम्झौताले नेपाल—चीन सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन मार्गप्रशस्त गरेको उनको भनाइ थियो। ‘प्रधानमन्त्रीले राजदूत प्रस्ताव गर्दा मैले स्वीकार गर्नुको मुख्य कारण नै त्यही सम्झौताको महत्व हो’, संसदीय समितिमा उनले भने। ‘सम्झौताले नेपाल चीन सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन ढोका खोलेको छ। हाम्रो पनि चेत खुलेको छ’, उनले भने । चीनसँग सम्बन्ध सुधार गर्दा कुनै अमुक देशविरोधी भनेर आरोप लगाउने मानसिकता रहेको उनले बताए ।

‘सम्झौताले नेपाल चीन सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन ढोका खोलेको छ। हाम्रो पनि चेत खुलेको छ’, उनले भने। चीनसँग सम्बन्ध सुधार गर्दा कुनै अमुक देशविरोधी भनेर आरोप लगाउने मानसिकता रहेको उनले बताए। उनले भारतको नाम भने उच्चारण गरेनन् । ‘स्वतन्त्र नेपाल र चीनले द्विपक्षीय हितमा सम्झौताहरु गर्न सक्छन्। हामीले अर्को मुलुकलाई सोध्नु पर्दैन। त्यस्ता सम्झौता गर्दा अर्को मुलुकलाई च्यालेञ्न गर्ने भने हुनु हुँदैन’, उनले भने।

गत वर्ष भारतले नेपालमाथि नाकाबन्दी लगाएपछि तत्कालीन प्रधानमन्त्री ओलीले चीनसँग व्यापार तथा पारवहन सन्धि गरेका थिए। सम्झौता कार्यान्वनको चरणमा नपुग्दै ओली सरकार ढलेको थियो। अाेली सरकार ढलेपछि ती सम्झौता कार्यान्वयनमा शंका उत्पन्न भइरहेका बेला प्रस्तावित राजदूत पाैडेलको यस्तो भनाइ अाएको हो।

चीनको लागि राजदूत सिफारिश पाैडेल पूर्व मुख्यसचिव हुन्। सरकारी सेवाका दौरान उनले ल्हास्सास्थित नेपाली महावाणिज्दूतावासमा समेत काम गरेका थिए। कूटनीति भनेको कला, कौशल र चातुर्यता पनि भएकाले त्यहीअनुसार कूटनीतिक जिम्मेवारीमा रहुन्जेल तटस्थ भएर काम गर्ने उनको भनाइ थियो।

प्रकाशित मिति: Sep 28, 2016

प्रतिक्रिया दिनुहोस्