Logo
७ बैशाख २०८१, शुक्रबार
(September 28, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रमले भने राष्ट्रिय सहमतिमै संविधान संशोधनको प्रस्ताव

pm-prachanda-1-660x330
चितवन, १२ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दसैँ अघि नै संविधान संशोधन गर्ने बताएका छन् । उनले संशोधन प्रस्तावको तयारीमा सरकार जुटिसकेको जानकारी गराए । मधेसी मोर्चासँग मंगलवार भएको छलफलमा पनि उक्त विषयबारे जानकारी गराएको प्रचण्डले उल्लेख गरे । संविधान कार्यान्वयन र संशोधन प्रक्रिया सँगसँगै अघि बढ्ने कुरा पनि मधेसवादी दललाई आफूले जानकारी गराएको उनले बताए ।

प्रेस सेन्टर चितवनले बुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले प्रमुख प्रतिपक्षी एमालेसहितका दलसँग छलफल भइरहेको बताए । प्रधानमन्त्री प्रचण्डले भने ‘नेकपा (एमाले)सँग पनि छलफल भइसकेको छ, राष्ट्रिय सहमतिमै संविधान संशोधनको प्रस्ताव पेस हुन्छ ।’

इलाकालाई आधार मानेर स्थानीय तहको गठन गर्ने विषयमा मन्त्रिपरिषद्ले निर्णय गरिसकेकाले अव स्थानीय तहको निर्वाचन गर्न सहज हुने उनको भनाइ छ । चैत मसान्तभित्र स्थानीय निकायको निर्वाचन गर्नु पर्ने भन्दै त्यसका लागि युद्धस्तरमा काम गरिने पनि उनले बताए । सबै दलहरुको सहमतिमै २०७४ माघसम्ममा तीन तहको निर्वाचन गर्नका लागि सरकार लागिपरेको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो ।

प्रकाशित मिति: Sep 28, 2016

प्रतिक्रिया दिनुहोस्