Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 28, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भुटान र नेपाल नसम्झन भारतलाई मुसर्रफको चेतावनी (भिडियो सहित)

prawej-musaraf

नयाँ दिल्ली । पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुसर्रफले भारतलाई चुनौती दिँदै पाकिस्तानलाई कमजोर देशको रुपमा आँकलन नगर्न भनेका छन् । भारतीय सञ्चारमाध्यम आजतकसँग कुरा गर्दै मुसर्रफले भने, ‘पाकिस्तान एउटा शक्तिशाली देश हो । पाकिस्तालाई भारतले नेपाल र भुटान सम्झने गल्ती नगरोस् ।’

‘यदी मोदी युद्ध चाहन्छन् भने पाकिस्तान पाकिस्तान हो, नेपाल र भुटान होइन,’ उनले भने । उनले भारतले युद्धको घोषणा गरे त्यसको जवाफ कडा रुपमा पाकिस्तानले दिने बताए । उनले भारतीय सेनालाई आक्रमणको चुनौती समेत दिए ।
अन्तरवार्ताका क्रममा मुसर्रफले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि निशाना साध्दै ‘जन्मदिनमा बधाई दिन पुग्ने सँधै काम नलाग्ने’ समेत बताए ।

सार्क सम्मेलनमा मोदी नजानेबारे टिप्पणी गर्दै उनले भने, ‘आफ्नो मर्जीले पाकिस्तान आउँछन् मोदी । एक तर्फ नवाज शरीफलाई जन्मदिनमा बधाई दिन्छन् भने अर्को तर्फ पाकिस्तानको विश्वभर बदाबम गर्छन् । उनले मोदीले दोहोरो चरित्र देखाएको बताउँदै कश्मिर मुद्दाको कारण पठानकोट र उरी हमला भएको बताए ।

‘तर, भारत असली मुद्दामा कुरा गर्न नै चाहँदैन,’ उनले भने । उनले भारतका पूर्व प्रधानमन्त्रीद्वय अटल विहारी वजपेयी र मनमोहन सिंहले मात्र कश्मिर मामिलालाई सुल्झाउन चाहेका थिए । ‘तर, भारत कहिलेपनि कश्मिरको मामिलालाई हल गर्न चाहँदैन,’ मुसर्रफले भने, ‘भारत ठूलो देश छ तर उसको मुटु सानो छ । भारत हरेक मुद्दालाई दबाउन चाहन्छ ।’

भिडियो:

प्रकाशित मिति: Sep 28, 2016

प्रतिक्रिया दिनुहोस्