Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 28, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सव इन्जिनियर अन्तरगत सहायकस्तर पाँचौ श्रेणीमा पौड्याल बढुवा

20160928004639दीपक बुढाथोकी । झापा खुदुनाबारी-९ निवासी कमल राज पौड्याल सव इन्जिनियर अन्तरगत सहयकस्तर पाँचौ श्रेणीमा बढुवा हुनु भएको छ ।

पदपूर्ती समितिको सिफारिसमा पौड्याल लाई बिक्रम संवत् २०७३ साल असोज ९ गते देखि जेष्ठता कायम हुने गरि अ. सव-इन्जिनियर अन्तरगत सहायक स्तर चौथी श्रेणी बाट उक्त पद र तहमा बढुवा गरिएको हो ।

स्थानीय स्वायत शासन नियमवाली २०५६ को नियम २२५ (ख) (२) वमोजिम पौड्याल लाई समितिले असोज ८ गते सिफारिस गरेको थियो ।

बिक्रम संवत् २०५३ साल जेठ १७ गते देखि उक्त क्षेत्रमा अस्थाई रुपमा काम गर्दै  आउनु भएका पौड्यालले बिक्रम संवत् २०५९ साल असार ३१ गते स्थाई नियुक्ती पाउनु भएको थियो ।

जेष्ठता कायम हुने गरि गाउँ विकास समितिको कार्यलय खुदुनाबारीले मंगलबार पौड्याललाई बढुवा नियुक्ती पत्र थमाउदै हार्दिक धन्यवाद दिएको छ ।

प्रकाशित मिति: Sep 28, 2016

प्रतिक्रिया दिनुहोस्