Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 27, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सानिमा क्यापिटल लिमिटेडको समुद्घाटन

dsc_0522काठमाण्डौ । सानिमा बैंक लिमिटेडको पूर्ण स्वामित्वमा स्थापित सानिमा क्यापिटल लिमिटेडले आजमिति २०७३ साल आश्विन १०गते सोमवार नारायणचौर, नक्साल स्थित कार्यालयको समुद्घाटन गरेको छ।

यस क्यापिटलको समुद्घाटन नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतवहादुर कार्की र सानिमा बैंकका ब्राण्ड एम्वेष्डर श्री मदन कृष्ण श्रेष्ठ तथा श्री हरिवंश आचार्य (महजोडी) ले संयुक्त रुपमा पानशमा दिप प्रज्वलन गरि विधिवत रुपमा गरिएको थियो।
सोहि अवसरमा धितोपत्र बोर्डका अध्यक्ष ज्युले सानिमा क्यापिटलको उत्तरोत्तर प्रगतिको शुुभकामना ब्यक्त गर्नु भयो ।

त्यसै गरि प्रमुख अथिती कलाकारहरु मदन कृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यले वधाई तथा शुुभ कामना ब्यक्त गर्नुु भयो । साथै सर्वसाधारणमा मर्चेण्ट बैंकिङ्गले प्रदानगर्ने सेवातथा सुुविधाहरुको वारेमा जन–चेतना अभिवृद्धि गर्दै समग्र धितोपत्र वजारको वारेमा सचेतना कार्यक्रम सञ्चालन गनृुुपर्नेमा जोड दिनु भयो ।

सानिमा बैंकका अध्यक्ष श्री बिनय कुमार श्रेष्ठले शुभकामना मन्तब्य दिनु भएको उक्त समारोह सानिमा  क्यापिटलका अध्यक्ष श्री भुवन दाहालले धन्यवाद ज्ञापन गर्दै समापन गर्नु भएको थियो ।

प्रकाशित मिति: Sep 27, 2016

प्रतिक्रिया दिनुहोस्