Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 26, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सनराइज बैंक ले. एनआईडिसि क्यापिटल मार्केट्स प्राप्ति गर्ने सहमति

img_1783काठमाण्डौ । सनराइज बैंक लिमिटेड. ले एन.आई.डि.सी क्यापिटल मार्केट्स लिमिटेड प्राप्ति गर्ने गरी आज समझदारि पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारि पत्रमा दुवै संस्थाका अध्यक्षहरुले हस्ताक्षर गर्नु भएको छ ।

यस संगै एन.आइ.डि.सी. क्यापिटल मार्केटस लि. को धितोपत्र कारोवार रोक्का गरी पूर्व स्वीकृतिको लागि नेपाल राष्ट्र्र बैंकमा दरखास्त दिने तयारी गरिएको छ ।
एन.आइ.डि.सी. क्यापिटल मार्केट्स लि.ले प्रारम्भ देखि ए.सि.एम. मर्चेण्ट बैंकिंग लि. स्थापना गरी सफलतापूर्वक मर्चेण्ट बैंकिंग कारोवार गरी आएको संस्था रहेको छ । उक्त मर्चेण्ट बैंकिंग नेपालमा पहिलो पल्ट म्युचियअ फण्ड संचालन गर्ने संस्था हो ।
सनराइज बैंक लि.ले हाल रु. ५३ अर्वको निक्षेप संकलन गरी रु. ४७ अर्वको कर्जा प्रवाह गरेको छ । गत आर्थिक वर्षको निमित्त बैंकले ३३.३३ प्रतिशत वोनस शेयर दिने प्रस्ताब गरि सकेको छ । बोनस शेयर निष्काशन तथा एन.आइ.डि.सी. क्यापिटल मार्केट्स लि. प्राप्ती पछि हाल ३ अर्व ९७ करोड चुक्ता पुंजी रहेको सनराइज बैंकको चुक्ता पुंजी करिव ५ अर्व ५० करोड पुग्ने हुन्छ ।
सनराइज बैंक लि. ले गत आषाढमा नारायणी नेशनल फाइनान्स लि. प्राप्ति गरेको थियो । यस प्राप्ती पश्चात बैंकको पहुच तथा ब्यबसाय क्षमतामा ब्यापक बढोत्तरी हुनुका साथै मेचेण्ट बैंकिंगमा समेत सनराइज बैंकको उपस्थिति हुने छ । यसवाट नेपाली अर्थतन्त्रमा बैंकको उपस्थिति बढी सबल रहन गई सबै पक्षलाई लाभ दायक हुने छ भन्ने कुरामा विश्वस्त व्यक्त गरिएको छ ।

प्रकाशित मिति: Sep 26, 2016

प्रतिक्रिया दिनुहोस्